सिलगढ़ी, १० जूनः खरसाङ महकुमाको मालुटार चियाकमानका चारजना पनि कोरोना सङ्क्रमित भएका छन्। सङ्क्रमितमध्ये तीनजना युवक र एकजना युवती छन्।
उनीहरू चारैजना पछिल्ला ३१ मईका दिन मालुटार आइपुगेका थिए भने २ जूनका दिन उनीहरूको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको भाइरस रिसर्च एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल)-मा पठाइएको थियो।
प्राप्त जानकारीका अनुसार हिजो राति चारैजनाको रिपोर्ट पोजिटिभ आएको हो।
यसैबीच उनीहरू चारैजनालाई आजै सिलगढ़ीको मतिगढ़ास्थित कोभिड अस्पताल डा. च्याङ सुपर स्पेशिअलिटी अस्पतालमा भर्ना गरिएको छ।
३१ मईका दिन दिल्लीबाट उनीहरूलगायत सातजना मालुटार फर्केका थिए, जसमध्ये तीनजनाको टेस्ट नेगिटिभ आएको छ।