दार्जीलिङ, १० जुलाईः दार्जीलिङमा आदिकवि भानुभक्त आचार्यको २०६औं जन्म जयन्तीको तयारी शुरु भएको छ।
यसका लागि जीटीएको सूचना एवं सांस्कृतिक विभाग, पश्चिम बङ्गाल सरकारको सूचना एवं सांस्कृतिक विभाग र नेपाली साहित्य सम्मेलनले संयुक्त रूपमा पालन गर्ने निर्णय लिएका छन्।
आउँदो १३ जुलाई स्थानीय चौरस्तामा बिहान शुरू हुने भानु जयन्ती समारोहमा कोभिड-19-को कारण राज्य सरकारद्वारा जारी गरिएको दिशानिर्देशलाई पूर्ण रूपले पालन गर्दै पालन गरिने भएको जीटीएको सूचना एवं सांस्कृतिक विभागका सह-निर्देशक भानुकान्त घिसिङले जानकारी गराएका छन्।
यस कार्यक्रम जीटीए अध्यक्ष अनित थापाको प्रमुख आतिथ्य अनि नेपाली साहित्य सम्मेलनका अध्यक्ष डा. चन्द्रकुमार राईको अध्यक्षतामा पालन गरिने भएको पनि उनले बताएका छन्।