गान्तोक, 10 अगस्तः राज्यमा कोरोना भाइरसको मामिला घट्ने कुनै सङ्केत देखिएको छैन। आज (सोमबार) पनि 44 वटा नयाँ मामिला अघि आएको छ।
आज कोरोना सङ्क्रमित पाइएकाहरूमध्ये 36 जना दक्षिण सिक्किम तथा 8 जना पूर्व सिक्किमबाट छन्।
यससँगै सिक्किममा कुल कोरोना सङ्क्रमित सङ्ख्या 910 पुगेको छ, जसमध्ये 510 जना स्वस्थ भएर घर फर्किसकेका छन्। आज 16 जना स्वस्थ भएर आ-आफ्नो घर फर्किएका छन्।
अर्कोतिर, आजका दिनसम्म राज्यमा कोरोना भाइरसको एक्टिभ केस 399 रहेको छ।