भाजपाले पहाड़वासीका आँखामा धुलो हाल्ने काम मात्र गर्दैछः एलबी राई

0
1077
(फाइल फोटो)।

मिरिक, १० अगस्तः आउँदो सेप्टेम्बर महिनाको पहिलो साता हुने भनिएको त्रिपक्षीय वार्तालाई हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले पत्याएका छैनन्।

उनका अनुसार १९८६ सालदेखि नै यस्ता त्रिपक्षीय वार्ता हुँदै आएको हो, तर दार्जीलिङ पहाड़का लागि केही ठोस कार्य भएकै छैन।

यसैले यसपालिको त्रिपक्षीय वार्ताले पनि केही हुँदैन भन्ने राईको दावी छ।

आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन्।

“भाजपाले पहाड़वासीका आँखामा धुलो हाल्ने काम मात्र गर्दैछ। केही कार्य गरेकै छैन”, उनले भने

यसपालि पनि भाजपाबाट पहाड़वासीलाई धोकै हुने एलबी राईको शङ्का छ। यति मात्र होइन उनले गृहमन्त्रीसँग भाजपा र घटक दलहरूका पछिल्लो भेटवार्तालाई फोटो सेसनको दोस्रो सत्रको संज्ञा दिए।

अर्कोतिर राईले दार्जीलिङ पहाड़को समस्या समाधान गर्ने ठोकुवा गरे।

“मुख्यमन्त्री ममता ब्यानर्जीले चौरस्ताबाट गोर्खाहरूका समस्याको समाधान म गर्छु भनेकी छन्। म विश्वस्त छु, उनले नै यो कुरा पूरा गर्नेछिन्”, हिल तृंक अध्यक्षले थपे, “भाजपाले यस्तो गर्न सक्दै सक्दैन। मैले भने त भाजपाले पहाड़वासीका आँखामा धुलो हाल्ने काम मात्र गर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here