गान्तोक, 10 सेप्टेम्बरः सिक्किममा हाल राज्यव्यापी रूपमा पोषण महिना पालन भइरहेको छ।
यसै क्रममा आज उत्तर सिक्किमको चुङथाङमा ब्लक टास्क फोर्सद्वारा पोषण महिना पालन गरियो।
यसअवसरमा आँगनवाड़ी कार्यकर्ताहरूद्वारा घरदैलो अभियान चलाइएको थियो भने पोषण आहार, स्वच्छता, सफाई, कुपोषणलगायत अन्य विभिन्न विषयबारे परामर्श प्रदान गरिएको थियो।
यसअवधि विशेषगरी मानिसहरूको आउजाउ भइरहने ठाउँहरूमा जागरूकतामूलक पोस्टरहरू पनि टाँसिएको थियो।