नयाँ दिल्ली, ११ जनवरीः देशभरि व्यापक विरोध हुँदा हुँदै नागरिकता संशोधन कानून (सीएए) शुक्रवारदेखि लागू भएको छ। हिजो सरकारले यसको अधिसूचना जारी गरेको छ।
अधिसूचना जारी भएपछि हिजो अर्थात् १० जनवरी २०२० देखि यो लागू भएको छ।
उल्लेखनीय छ, सीएएविरुद्ध देशका करिब सबै शहरमा विरोध प्रदर्शन भएको थियो। यो विरोध प्रदर्शन अहिले पनि कतिपय शहरमा जारी छ।
अधिसूचनामा लेखिएको छ, “नागरिकता (संशोधन) अधिनियम २०१९ (२०१९ –को ४७) –को धारा १-को उपधारा (२) द्वारा प्रदत्त शक्तिहरूहरूका प्रयोग गरी १० जनवरी २०२० लाई त्यस तारिखको रूपमा लागू गरिन्छ, जुन उक्त अधिनियमको उपबन्ध प्रवृत हुनेछ।”