दार्जीलिङ, ११ जनवरीः दार्जीलिङस्थित सिंहमारीस्थित एक घरमा आगो लाग्दा आधाभन्दा अधिक भाग जलेर खरानी भएको छ। जानकारीका शनिवार बिहान करिब ११.३० बजे उक्त घरमा आगो लागेको हो।
८० वर्षभन्दा अधिक पुरानो उक्त काठको एसके लामाको रहेको बताइएको छ, जसमा जोनी थापा र बी. शर्मा नामक एक काठ मिस्त्री बस्दै आएका थिए। आज उक्त घरमा अचानक लागो लागेको बताइएको छ।
आगोले बी. शर्माको नगद राशिका साथै सुन आदि स्वाहा भएको उनी स्वयंले बताएका छन्। घर मालिक एसके लामासित यसबारे सोध्दा उनले आगो कसरी लाग्यो, त्यो स्पष्ट नभएको बताए।
नर्थ पोइण्ट सिंहमारी पुलिस आउट पोस्टदेखि केही तल अवस्थित यो घर आगलागीको कारण करिब ६० प्रतिशत क्षतिग्रस्त बनेको छ। यद्यपि, आगो लाग्नसाथ गाउँलेहरूले यसलाई नियन्त्रण गर्न सहयोग गरेको कारण ठूलो रूप लिन पाएन।