समुद्रमा माछाभन्दा धेरै प्लास्टिक फोहोर

0
1995
समुद्रमा थुप्रिएका प्लास्टिक फोहोर सङ्ग्रह गर्दै।

कुनै समय सहुलियतका लागि बनाइएको प्लास्टिक आज विकट समस्या बनिसकेको छ। प्लास्टिक मानिसका लागि मात्र होइन, तर पशुपंछीका र प्रकृतिका लागि अत्यधिक  खतरनाक कुरा हो। अन्तरराष्ट्रिय गैरसरकारी सङ्गठन वर्ल्ड वाइड फण्डद्वारा हालै जारी रिपोर्टले 2030 सम्म प्लास्टिक प्रदूषण दुईगुना हुने बताएको छ।

वैज्ञानिकहरूका अनुसार 1950 देखि 2016-बीचको 66 वर्षको अवधिमा जति प्लास्टिक समुद्रमा जमा भएको छ, त्यति नै परिमाणको प्लास्टिक आउँदो एक दशकमा जमा हुनेछ। जसको कारण महासागरहरूमा प्लास्टिक फोहोरको थुप्रो लगभग 30 करोड़ टन पुग्नेछ। समुद्रमा 2030 सम्म प्लास्टिक दोहनले कार्बन डाइअक्साइडको उत्सर्जन तीनगुना हुनेछ।

यस्तो हुनु भनेको हृदयसम्बन्धी बिमारी बढ़्नु हो। किनभने प्लास्टिकको कारण अहिले विश्वमा नै हृदयसम्बन्धी बिरामी लगातार बढ़िरहेको छ।

प्रतिवर्ष उत्पादित हुने कुल प्लास्टिकमध्ये केवल 20 प्रतिशत मात्र रिसाइकिल हुनेगर्छ। 39 प्रतिशत प्लास्टिकलाई जमिनमा गाड़ेर नष्ट गर्नेगरिन्छ। 15 प्रतिशतलाई भने  जलाइन्छ।

प्लास्टिक जलाउँदा हावामा कार्बन डाइअक्साइडको मात्रा अत्यधिक बढ़्ने गर्छ। रिपोर्टका अनुसार 2030 सम्म यो मात्रा बढ़ेर तीनगुना हुनेछ, जसले हृदयसम्बन्धी बिमारीको मामिलाको मामिला तीव्र रूपले बढ़्नेछ। अहिले विश्वलाई यो चिन्ताले नराम्रो गरी सताइरहेको छ।

डब्ल्यूडब्ल्यूएफको लक्ष्य 2030 सम्म ‘स्ट्र’ र पोलिथिन ब्यागजस्ता केवल एकपटक प्रयोग गरिनसक्ने प्लास्टिकका वस्तुहरूलाई हटाउनु हो। निम्न उत्पादन लागत हुने हुनाले प्रतिवर्ष ठूलो मात्रामा प्लास्टिकको उत्पादन हुनेगर्छ, जसमध्ये आधा मात्रालाई तीनवर्ष प्रयोगपछि फ्याँकिने गरिन्छ। त्यसपछि प्लास्टिकको नयाँ वस्तु प्रयोग गरिन्छ।

रिसाइकिलमा कमी र अधिक मागको कारण प्रतिवर्ष प्लास्टिक उत्पादनको मात्रा बढ़िरहेको छ।

प्रतिवर्ष लगभग 10.4 करोड़ टन प्लास्टिकको फोहोर समुद्रमा जमा हुनेगर्छ। 2050 सम्म समुद्रमा माछाभन्दा धेरै प्लास्टिकको टुक्रा  हुने अनुमान छ।

प्लास्टिकजन्य फोहोरबाट समुद्री जीव नराम्रो प्रभावित भइरहेको छ। कछुवा विलुप्त भइरहेको छ। ह्वेल यसबाट नराम्रो गरी शिकार भइरहेको छ। प्रशान्त महासागरमा द ग्रेट प्यासिफिक गार्बेज प्याच समुद्रमा फोहोरको सबैभन्दा ठूलो ठाउँ हो। यहाँ 80 हजार टनभन्दा बढ़ी प्लास्टिक जमा भइसकेको छ।

प्लास्टिक एक वैश्विक समस्या हो, जसका लागि वैश्विक समाधानको आवश्यकता पर्छ। यसै कारण महासागरहरूमा जमा हुने प्लास्टिकको फोहोरलाई लिएर कानुनी रूपले नियन्त्रण गर्नका लागि संयुक्त राष्ट्रले सम्झौता गर्ने प्रयास गरिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here