मल्ली गोलीकाण्ड सम्बन्धमा सात पक्राउ, मुख्य आरोपी कुणाल प्रधानको खोजी जारी

0
1059
पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङका अतिरिक्त पुलिस अधीक्षक।

कालेबुङ, 11 मार्चः हिजो मल्ली बजारमा भएको गोलीकाण्डको सम्बन्धमा पुलिसले अहिलेसम्म सातजना पक्राउ गरिसकेको बताएको छ।

आज पत्रकारहरूलाई सम्बोधन गर्दै कालेबुङका अतिरिक्त पुलिस अधीक्षक (एएसपी) मोहम्मद अजीम शेखले घटनाको सन्दर्भमा सातजना पक्राउ गरिसकेको र मुख्य आरोपी कुणाल प्रधानलाई पक्राउ गर्नका लागि पुलिसले खोजी कार्य गरिरहेको जानकारी गराए।

घटनासम्बन्धमा मिना छेत्रीले कुणाल प्रधान र उनका साथीहरू उज्ज्वल प्रधान, किरण तामाङ, अङ्कित खवास, अविराज राई, राजु तामाङ, डुक छिरिङ भोटिया, सन्तोष भुजेल र अन्यविरुद्ध प्राथमिकी दर्ता गरेको पनि एएसपी शेखले बताए।

यसका साथै एएसपी शैकले गोलीकाण्डमा घाइते भएका पुरण मगर र पेम्पा दुवै खतरामुक्त रहेको पनि जनाएका छन्।

उनका अनुसार पक्राउ पर्नेहरूमा डुक छिरिङ भोटिया, राजु तामाङ र अभिनय राई, सन्तोष भुजेल, सन्तोष राई, दिलीप पासवन र सुकमान राई छन्।

पक्रा परेकाहरूमध्ये दिलीप पासवन, सन्तोष भुजेल सन्तोष राई र सुकमान राईले हतियारसहित पक्राउ गरिएको हो। यी चारजनामाथि आर्म्स एक्ट अन्तर्गत् मुद्दा दर्ता गरिएको पनि अतिरिक्त पुलिस अधीक्षकले बताएका छन्।

सातैजनालाई आज कालेबुङ अदालतमा प्रस्तुत गरेपछि पुलिसले थप केरकार र अनुसन्धानका लागि हिरासतमा लिएको छ। यसका साथै एएसपीले चाँड़ै मल्ली गोलीकाण्डका मुख्य आरोपी कुणाल प्रधान पक्राउ पर्ने पनि बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here