गठबन्धनको दल भन्दैमा हामी कसैको बैशाखीमा हिँड़्न सक्दैनौँ: विनय

0
1040

मिरिक, ११ मार्चः गोर्खा जनमुक्ति मोर्चा विनय खेमाले विधानसभा चुनाउ आफ्नै बलबुतामा लड़्ने सोच बनाएको छ।

आज मिरिकको सौरेनीमा पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी अध्यक्ष विनय तामाङले यस्तो बताएका हुन्।

आउँदो विधानसभा चुनाउमा पहाड़का तीनवटा आसनमा तृणमूल कङ्ग्रेसले उम्मेदवार नदिएपछि हिल तृणमूल कङ्ग्रेसको भूमिकामाथि प्रश्न गर्दा उनले भने, “तृणमूल कङ्ग्रेस हाम्रो गठबन्धन दल हो। गठबन्धन दल भन्दैमा हामी कसैको बैशाखीमा हिँड़्न सक्दैनौँ। हामी आफ्नै खुट्टाले हिँड़्नेछौँ। यद्यपि बाटोमा हिँड़्दै गर्दा तिर्खा मेट्न कसैले पानी दिन्छ भने हामी स्वागत गर्नेछौँ।”

विनयले बताएअनुसार हिल तृणमूल कङ्ग्रेस पहाड़मा तृणमूल कङ्ग्रेसकै एक अङ्ग भएका कारण हिल तृणमूल कङ्ग्रेस र अखिल भारतीय  तृणमूल कङ्ग्रेसका शीर्ष नेताहरूमाझ कुराकानी भइसकेको हुनसक्छ।

“हाम्रो जानकारीका अनुसार हिल तृणमूल कङ्ग्रेसलाई चुनाउबारे पार्टी शीर्ष नेताहरू दिशानिर्देश दिइसकेका छन्”, विनयले थपे, “पहाड़मा हिल तृणमूल कङ्ग्रेसले कसलाई सहयोग गर्छ, त्यो तृणमूल कङ्ग्रेसको रणनीति र निर्णयमाथि भर पर्छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here