नयाँदिल्ली, ११ अप्रेल : आन्ध्र प्रदेशको एक मतदान केन्द्रभित्र पसेर जन सेना पार्टीका उममेदवार ईभीएम मशिन फुटाएको घटना प्रकाशमा आएको छ।
जन सेना पार्टीका विधानसभा उम्मेदवार मधुसुदन गुप्ताले पोलिङ बुथमा पसेर मीडियाअघि ईभीएम मशिन फुटाए। यो घटनाले मतदान गर्न आएका मतदाताहरूबीच भागाभाग भएको थियो।
उल्लेखनीय छ, आन्ध्र प्रदेशमा लोकसभा चुनाउसँग विधानसभाका १७५ सीटका लागि चुनाउ भइरहेको छ।
बताइँदैछ, विधानसभा उम्मेदवार गुप्ता कुनै कुरालाई लिएर असन्तुष्ट थिए। आक्रोशित भएका यी उम्मेदवार अनन्तपुर जिल्लाको गुटी मतदान केन्द्रभित्र पसेर ईभीएम मशिन फुटाए। भिडियोमा स्पष्ट देखिएको छ, मीडियासँग कुराकानी गरिरहँदा आक्रोशित भएका गुप्ता ईभीएन भएको ठाउँमा पुगेर ईभीएमलाई टेबलबाट उठाएर जोड़ले भुइँमा पछारे।
पछारिएको ईभीएम पूर्ण रूपले क्षतिग्रस्त भयो। यो घटनाले मतदान गर्न त्यहाँ भेला भएका मतदाताहरू भागाभाग भए।
घटनापछि तत्कालै मतदान केन्द्रमा उपस्थित पुलिसकर्मीले मधुसुदन गुप्तालाई पक्राउ गऱ्यो।
स्मरणरहोस्, आन्ध्र प्रदेशमा लोकसभाको पहिलो चरणअन्तर्गत सबै २५ लोकसभा सीट र राज्यका सबै १७५ विधानसभा सीटमा एकैसाथ आज चुनाउ भइरहेको छ।