अमेरिकामा एकैदिन २१०८ नागरिकको मृत्यु, ३५०९८ नयाँ मामिला

0
1457
फोटो स्रोत-सीएनबीसी.कम

वाशिङ्टन, ११ अप्रेलः कोरोनाको महामारी झेलिरहेको अमेरिकामा एकैदिनमा दुई हजारभन्दा अधिकको मृत्यु भएको छ।

यो एकदिनमा मृत्युको रेकर्ड सङ्ख्या हो। यससँगै अमेरिका यस्तो पहिलो देश भएको छ, जहाँ एकैदिनमा दुई हजार नागरिकको मृत्यु भएको छ।

यसका साथै अमेरिकामा मर्नेहरूको सङ्ख्या १८,५८६ पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार शुक्रवार कोरोना भाइरसले अमेरिकामा २१०८ नागरिकको मृत्यु भयो।

यदि अमेरिकामा मृत्यु सङ्ख्या यसरी नै बढ़िरह्यो भने चाँड़ै इटलीलाई पछि छोड़्नेछ।

अहिलेसम्म विश्वमा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देश इटली हो। इटलीमा कोरोनाको कारण अहिलेसम्म १८,८४९ मृत्यु भएको छ, जुन विश्वमै सबैभन्दा ज्यादा हो।

अर्कोतिर अमेरिकामा सङ्क्रमितहरूको सङ्ख्या ५०२,८७६ पुगेको छ। शुक्रवार एकैदिन ३५०९८ नयाँ मामिला प्रकाशमा आएको थियो।

यसैबीच, अमेरिकामा अहिलेसम्म २७,३१४ नागरिक निको भइसकेका छन्।

वैज्ञानिकहरूका अनुसार आज अमेरिकाका लागि सबैभन्दा महत्त्वपूर्ण दिन हुनेछ। अमेरिकामा कोरोना भाइरसबाट सर्वाधिक प्रभावित राज्‍य न्‍युयोर्क बनेको छ, जहाँ ५,८२० जनाले ज्यान गुमाइसकेका छन्।

यस राज्यमा ९२ हजारभन्दा बढ़ी सङ्क्रमित बनेका छन्।

स्रोत-नवभारत टाइम्स

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here