दार्जीलिङ, ११ अप्रेलः कालेबुङमा केही दिनअघि शुरू गरिएको कम्युनिटी किचन एनिसिएटिभ जीटीएका अन्य स्थानहरूमा शुरू गर्ने निर्णय गरेको जीटीए बीओएका अध्यक्ष अनित थापाले बताएका छन्।
शनिवार थापाले बताएअनुसार कम्युनिटी किचन इनिसिएटिभ खरसाङ जीटीएको सामाजिक पहल हो। यस पहलमार्फत् फ्रन्टलाइन वर्कर्स, आवश्यकीय मानिसहरूलाई एक ठाउँमा सफा र पोषित खाना पकाएर खुवाइन्छ।
‘कम्युनिटी किचन इनिसिएटिभमार्फत् दीनदुःखी र आवश्यकीय मानिसहरूलाई खाना खुवाउनेछौं, थापाले भनेका छन्, ‘दैनिक रोजगार गरी घर धान्नेहरू, जसले भाइरस सङ्क्रमण रोक्न लगाएको लकडाउनको कारण कठिनाइ भोगिरहेका छन्, उनीहरूलाई पनि भोजन उपलब्ध गर्नेछौं।’
जीटीए अध्यक्षले थप भनेका छन्, ‘स्वास्थ्यकर्मीहरूलाई यदि खाना कार्यस्थलमै पुऱ्याउन सकियो भने उनीहरूको समयको बचत हुनेछ। उनीहरूलाई खानाका लागि घर जानु परेन। जुन समय घर गएर खानामा लगाउँछन्, त्यो समय रोगीको सेवामा लगाउन सक्नेछन्। रोगीहरूको देखभाल हुनसक्छ। त्यसरी नै प्रहरी २४/७ नै ड्युटीमा खटिएका छन्। तर उनीहरूलाई भोक लाग्यो भनेर सोध्ने कोही छैनन्। यो सानो कामले उनीहरूलाई केही हदसम्म सहायता हुनेछ।’
स्वास्थ्य कर्मीलाई यदि खाना कार्य स्थलमा नै पुर्याउन सकियो भने, उहाँहरूको समयको बचत हुन्छ, उनीहरूलाई खानाको लागि घर जानु परेन। जुन समय घर गएर खानुमा लगाउँछन् त्यो समय रोगीको सेवा मा लगाउनु सक्छन, रोगीको राम्रो देखभाल हुनु सक्छ। त्यसरी नै प्रहरी २४/७ नै ड्युटीमा खटिएका छन्। तर उहाँहरूलाई भोक लाग्यो भनेर सोध्ने कोही छैनन्। यो सानो कामले उहाँहरूलाई केही हद सम्म सहायता हुनेछ।
अनित थापाका अनुसार कोरोना भाइरसको महामारीमा फ्रन्टलाइन वर्कर्स, जो प्रत्यक्ष र परोक्ष रूपमा यस महामारीविरुद्ध लड़िरहेका छन्, उनीहरूलाई सहयोग गर्नुपर्ने अहिलेको समय हो।