देशमा विभिन्न शहरमा कार्यरत् जीटीए क्षेत्रका मानिसहरूका लागि हेल्पलाइन जारी

0
1443

दार्जीलिङ, 11 अप्रेलः गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-ले दिल्ली, कोलकाता, मुम्बई, बेङ्ग्लुरु र चेन्नईमा कार्यरत् आफ्ना क्षेत्रका मानिसहरूका लागि हेल्पलाइन सञ्चालन गरेको छ।

राष्ट्रव्यापी लकडाउनको कारण विभिन्न राज्यमा कार्यरत् जीटीए क्षेत्रका बासिन्दा अलपत्र परेको खबर प्राप्त भइरहेकोले जीटीएले दिल्ली, कोलकाता,  मुम्बई बेङ्ग्लुरु र चेन्नइका लागि हेल्पलाइन सञ्चालन गरेको बताइएको छ।

शनिवार एक प्रेस विज्ञप्ति जारी जीटीए बीओएका अध्यक्ष अनित थापाले भनेका छन्, ‘वर्तमान लकडाउनको अवधि अझ केही सप्ताहका लागि बढ़्ने पूर्ण सम्भावना छ। कतिपय राज्यमा जीटीए क्षेत्रका विद्यार्थी, व्यवसायी, ब्युटिपार्लरका कर्मचारी, तालिम केन्द्रमा गएका शिक्षार्थी र व्यापारीहरू लकडाउनका कारण विचलित र अलपत्र परेका छन्। उनीहरूले सहायता मागिरहेका छन्। कतिलाई लकडाउन उठ्ने बितिक्कै घर आउनमा पनि सहायता चाहिएको छ।’

थापाका अनुसार तत्काल सहायताको रूपमा जीटीएले उपर्युक्त शहरमा बिचल्लीमा परेकालाई खाद्य र आवश्यक सामानको व्यवस्था गर्नेछ। साथै आवश्यक परेको खण्डमा स्वास्थ्य सेवा पनि दिलाउने छ।

जीटीएले जारी गरेका हेल्पलाइन निम्न छन्-

मुम्बई – 8104413301 (अध्यक्ष- गोर्खा वेलफेयर एसोसिएशन)

बेङ्ग्लुरु र चेन्नई – 9986738084 (अध्यक्ष- सचेत भारतीय गोर्खा समाज)

कोलकाता- 8017244579 (गोर्खा भवन कोलकाता)

दिल्ली – 9810447983 (गोर्खा भवन, दिल्ली)।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here