गान्तोक, ११ अप्रेलः पश्चिम जिल्लाको मानेबुङ देन्ताम निर्वाचन क्षेत्रअन्तर्गत कर्मटारमा भारतीय जनता पार्टीको एक समावेशी कार्यक्रम सम्पन्न भयो।
सभामा क्षेत्र विधायक एनके सुब्बा, भाजपा पश्चिम जिल्लाका अध्यक्ष डिगम लिम्बू, महासचिव भाइचुङ राई, मण्डल अध्यक्ष गजेन्द्र बस्नेत, रिन्छेनपोङ निर्वाचन क्षेत्रका मण्डल अध्यक्ष अमित गुरुङ आदि उपस्थित थिए।
यस अवसरमा झाँक्री ढुङ्गा वार्डबाट पञ्चायत सदस्य एम.आर. राईसहित १६ परिवार तथा सिम्बलेबाट १० गरी कुल २६ परिवारले एसडीएफ त्यागेर भाजपामा सामेल भए।
सभालाई सम्बोधन गर्दै विधायक एनके सुब्बाले भाजपामा सामेल हुने सबैलाई स्वागत जनाउँदै अब उसो भाजपाको नीति सिद्धान्तलाई शिरोपर गर्दै सङ्गठनलाई दह्रो बनाउने कार्यक्रमतिर लाग्नुपर्ने आह्वान गरे।
सिक्किमको विकास अब भारतीय जनता पार्टीले मात्रै पूरा गर्नसक्ने विधायक सुब्बाले दावी गरे। सभामा अन्यले पनि सम्बोधन गरेका थिए।