घर समाचार १२ मईदेखि दिल्लीबाट ३० वटा रेल चल्ने, बिष्टले दिए यात्रीहरूलाई शुभकामना

१२ मईदेखि दिल्लीबाट ३० वटा रेल चल्ने, बिष्टले दिए यात्रीहरूलाई शुभकामना

0
1160

दार्जीलिङ, ११ मईः लकडाउनका कारण अड़्केर बसेका मानिसहरूलाई उनीहरूको घर फिर्ताका लागि रेल मन्त्रालयले आउँदो १२ मईदेखि १५ जोड़ी अर्थात् ३० वटा रेल दिल्लीबाट विभिन्न रेल स्टेशनसम्म सञ्चालन गर्नेछ।

यस खबरलाई साझा गर्दै सांसद राजु बिष्टले यात्रीहरूलाई सुरक्षित यात्राका लागि शुभकामना दिएका छन्।

उनका अनुसार  डिब्रुगढ़ र अगरतलाका लागि  एकेक रेल एनजेपी भएर चल्नेछ। एउटा रेल भने हावड़ा (कोलकाता) सम्म चल्नेछ।

यी ट्रेनहरूका लागि आउँदो ११ मईका दिन ४ बजेदेखि आईआरसीटीसीको बेवसाइट https://www.irctc.co.in मार्फत् टिकट बुक गर्नसकिनेछ।

पीआईबीका अनुसार रेल मन्त्रालयले १२ मईका दिनदेखि १५ जोड़ी रेल दिल्लीबाट डिब्रुगढ़, अगरतला, हावड़ा, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरबाद, बेङ्ग्लुरु, चेन्नइ, तिरुवान्तपुरम, मड़गाउँ, मुम्बई सेन्ट्रल, अहमदाबाद र जम्मू तभीसम्म चल्नेछ।

कुनै टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here