दिसन अस्पतालमा उपचाराधीन एक महिलासहित तीनजनाको मृत्यु

1
1692

सिलगढ़ी, ११ मईः सिभियर एक्युट रेसपिरेटरी इलनेस (सारी) अस्पतालको रूपमा रूपान्तर गरिएको सिलगढ़ीको कावाखालीस्थित दिसन अस्पतालमा कोरोनाको आशङ्कामा भर्ना गरिएका तीनजनाको मृत्यु भएको छ।

बङ्ग्ला दैनिक उत्तरबङ्ग संवादमा प्रकाशित खबरका अनुसार मर्नेहरूमा एकजना सिलगढ़ी वार्ड नम्बर-१ निवासी महिला पनि सामेल छिन्।तीनैजनाको आइतबार राति मृत्यु भएको हो।

अन्य दुइजनामध्ये एकजना उत्तर दिनाजपुरको इस्लामपुरनिवासी तथा अर्का एकजना जलपाइगढ़ीको जिल्लाको मटेलीनिवासी हुन्।

३८ वर्षीया सिलगढ़ीनिवासी ती महिलालाई शनिबार कोरोना सङ्क्रमणको आशङ्कामा सिलगढ़ी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि उनलाई दिसन अस्पतालमा रेफर गरिएको थियो।

त्यहाँ उनलाई उनलाई आईसीयूमा भर्ना गरिएको थियो। उनको रालको नमूना त्यसै राति सङ्ग्रह गरी उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पातलको  भाइरल रिसर्च एण्ड डायग्नोस्टिक ल्याबरेटोरीमा पठाइए पनि सोमबार अपराह्नसम्म रिपोर्ट आइपुगेको थिएन।

अर्कोतिर इस्लामपुरनिवासी  एकजना वृद्धलाई पनि शनिबार नै कोरोना सङ्क्रमणको आशङ्कामा यस ‘सारी’ अस्पतालमा भर्ना गरिएको थियो। उनको पनि रालको नमूना जाँचका लागि पठाइएको छ। तर रिपोर्ट आउन बाँकी छ। उनको सोमबार बिहानै मृत्यु भएको हो।

हिजै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा प्राथमिक उपचारका लागि गएका अनि डाक्टरको परामर्शमा ‘सारी’ अस्पतालमा भर्ना भएका जलपाइगढ़ी जिल्लाको मटेलीनिवासी ४७ वर्षीय व्यक्तिको पनि आज बिहानै मृत्यु भएको छ।

उनी पनि दिसन अस्पतालको आईसीयूमा उपचाराधीन थिए। उनको आज मृत्युपछि राल सङ्ग्रह गरी जाँचका लागि पठाइएको छ। तर रिपोर्ट आउन बाँकी छ।

तीनैजनाको रालको नमूना जाँचका लागि पठाइए तापनि रिपोर्ट आउन बाँकी छ। रिपोर्ट आएपछि मात्र शव परिवारपक्षलाई सुम्पिने बताइएको छ। मेडिकल कलेज सूत्रका अनुसार आज रातिसम्म तीनैजनाको रिपोर्ट आइपुग्नेछ।

 यी तीनजनाको मृत्युसँगै ‘सारी’ अस्पतालमा उपचाररत् अवस्थामा मर्नेहरूको सङ्ख्या 7 पुगिसकेको छ।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here