उत्तर बङ्गाल मेडिकल कलेजकी नर्ससहित सातजना कोरोना सङ्क्रमित

0
1063

सिलगढ़ी, ११ जूनः दार्जीलिङ जिल्लामा केही दिनयता लगातार कोरोना भाइरसको प्रकोप बढ़िरहेको छ। विशेषगरी सिलगढ़ी तथा संलग्न क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ़िरहेको छ।

यसैक्रममा आज अपराह्नसम्म सिलगढ़ी क्षेत्रमा थप सात नयाँ मामिला प्रकाशमा आएको छ, जसमा उत्तरबङ्गाल मेडिकल कलेज एवं अस्पतालको ओपरेशन थिएटरकी एक नर्स पनि छन्।

उल्लेखनीय छ, हिजो पनि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालका इन्टर्न्स, नर्स र अन्य स्वास्थ्यकर्मी गरी कुल ११ जना कोरोना सङ्क्रमित भएका थिए।

त्यसैगरी कोरोना सङ्क्रमित रहेका अन्य ६ जना सिलगढ़ी वार्ड नम्बर २, ४, १८, ४२ र ४६ निवासी रहेको बताइएको छ।

उल्लेखनीय छ, सिलगढ़ी तथा संलग्न क्षेत्रमा हिजो रातिसम्म कोरोना सङ्क्रमणका १८ नयाँ मामिला प्रकाशमा आएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here