सिलगढ़ीमा कोरोना सङ्क्रमित थप एकजनाको मृत्यु

0
1388

सिलगढ़ी, ११ जुलाईः सिलगढ़ीमा थप एकजना कोरोना सङ्क्रमित ४० वर्षीय एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्ति सालुगढ़ा बजार संलग्न विकास नगरनिवासी रहेको बताइएको छ।

जानकारीका अनुसार श्वास प्रश्वासलगायत अन्य बिमारले ग्रसित बनेपछि दुई दिनअघि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा भर्ना भएका थिए।

त्यहाँ उनको स्वाबको नमूना सङ्ग्रह गरी जाँचका लागि भाइरस रिचर्स एन्ड डायग्नोस्टिक ल्याबरोटरी (भीआरडीएल) पठाइएको थियो भने हिजो उनको कोरोनो टेस्ट रिपोर्ट पोजिटिभ आएपछि तत्कालै दिसन कोभिड अस्पतालमा रेफर गरिएको थियो। तर, आज बिहानै उपचाररत् अवस्थामा उनको मृत्यु भएको बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here