खुलियो राष्ट्रिय राजमार्ग

0
1024

कालेबुङ, 11 जुलाईः बिहानदेखि नै पैह्रोका कारण बन्द रहेको राष्ट्रिय राजमार्ग- 10 भर्खरै खुलिएको छ।

आज बिहान 29 माइलनजिक माथिबाट झरेको हिलो माटो सड़कमा थुप्रिँदा राजमार्ग बन्द भएको थियो।

हिलो माटोले एउटा वाहनसमेत आधा पुरेको थियो। उक्त वाहनलाई पनि निकालिइएको छ।

जुन ठाउँमा राष्ट्रिय राजमार्ग बन्द भएको छ, त्यो ठाउँमा बर्सेनि पैह्रोले सताउने गर्छ। अलिक ठूलो पानी पऱ्यो कि त्यस ठाउँमा सड़क बन्द हुनेगर्छ। जानकारीका अनुसार भर्खरै एकतर्फी रूपमा वाहनहरूका चलाचल शुरू भएको छ। पैह्रोलाई पूर्ण रूपमा सोहोर्ने कार्य धमाधम चलिरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here