खरसाङ शहरी क्षेत्रमा कोरोना सङ्क्रमण बढ़्दै, उच्च सतर्कता अनिवार्य

0
1021

खरसाङ, 11 अगस्तः खरसाङ शहरी क्षेत्र प्रतिदिन कोरोना भाइरसको मामिला प्रकाशमा आइरहेको छ।

आज (मङ्गलबार) पनि खरसाङ नगरपालिका क्षेत्रबाट एउटा मामिला प्रकाशमा आएको छ।

हिजो पनि खरसाङ शहरी क्षेत्रबाट कोरोना भाइरसको एउटा मामिला प्रकाशमा आएको थियो भने आइतबारका दिन कोरोना सङ्क्रमित पाइएका सबै 8 जना खरसाङ नगरपालिका क्षेत्रकै थिए।

यसैले पनि खरसाङ शहरमा कोरोना भाइरसको सङ्क्रमणलाई रोक्नका लागि उच्च सतर्कता अनिवार्य देखिएको छ। किनभने सानो खरसाङ बजारमा लकडाउन खोलिएसँगै मानिसहरूको बाक्लो भीड़ पनि देखिन शुरू भएको छ। जसका कारण बजार आउने मानिसहरू सबैले कोभिड निर्देशनलाई अनिवार्य पालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

यसैबीच कोरोना भाइरसको मामिला प्रकाशमा आएको क्षेत्रहरूमा अग्निशमन विभाग र नगरपालिकाद्वारा सेनिटाइनजेशनका कार्य गरिँदैछ।

अर्कोतिर नगरपार्षद्हरूले आ-आफ्ना क्षेत्रका मानिसहरूलाई आतङ्कित नबन्न तर उच्च सतर्कता अपनाउन अपील गरेका छन्।

यसैबीच दार्जीलिङ जिल्लाशासकले दिएको जानकारीका अनुसार आज सुकना क्षेत्रमा 7 जना कोरोना सङ्क्रमित पाइएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here