तेलङ्गानामा बस दुर्घटना, मृतकको सङ्ख्या 52 पुग्यो

0
962
हैदराबाद, 11 सेप्टेम्बर : तेलङ्गानाको जगतियाल जिल्लामा मङ्गलवार तेलङ्गाना राज्य सड़क परिवहन निगमको एक बस मूल सड़कबाट खाल्डोमा खस्दा कम्तीमा 52 यात्रुको मृत्यु भएको छ, जबकि धेरै अन्य घाइते भएका छन्। मृतकहरूमा धेरजसो महिला छन्।
पुलिसका अनुसार हैदराबादबाट लगभग 200 किलोमीटर टाढ़ा  शानिवारपेट गाउँ नजिक घाट रोडमा बस मूल सड़कबाट खाल्डोमा खस्दा यो भीषण दुर्घटना भएको हो। बसमा लगभग 60 यात्रु सवार थिए। घाइतेहरूलाई जगतियाल र नजिककै करीमनगर जिल्ला अस्पतालमा भर्ती गराइएको छ। आईजीपी (उत्तरी जोन) वाई नागी रेड्डीका अनुसार अहिलेसम्म 52 यात्रुको मृत्यु भएको छ। मृतकहरूको सङ्ख्या अझ बढ़्न सक्छ। यो बस कोण्डागट्टुबाट जगतियालतिर गइरहेको थियो।
त्यहीं प्रधानमन्त्री नरेन्द्र मोदीले यो दुर्घटनामा गहिरो दुःख व्यक्त गरेका छन्। मोदीले ट्वीट गरी भनेका छन्- यो दुर्घटना गहिरो दुःख लाग्ने हो, जसलाई शब्दमा वर्णन गर्न सकिँदैन। यसमा मानिसहरूको ज्यान गएको छ। पीड़ित परिवारहरूप्रति मेरो संवेदना छ। म घाइतेहरूको शीध्र स्वास्थ्य हुने कामना गर्दछु।
तेलङ्गानाका कार्यवाहक मुख्यमन्त्री के चन्द्रशेखर रावले पनि यो दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले सबै मृतकका परिवारका सदस्यहरूलाई पाँच-पाँच लाख रुपियाँ आर्थिक सहायता दिने घोषणा गरेका छन्। मुख्यमन्त्री कार्यालयबाट  जारी बयानमा भनेका छन्, उनले अधिकारीहरूलाई घाइतेहरूलाई तत्काल चिकित्सा सुविधा उपलब्ध गराउन भनेका छन्।
राहत र बचाउ कार्यको निरीक्षण गर्ने जगतियालको जिल्ला क्लेक्टर ए शरतका अनुसार दुर्घटना 11:45 देखि 12 बजीबीच भएको हो। दुर्घटनामा मानिसहरू दुःख व्यक्त गर्दै तेलङ्गाना प्रदेश कङ्ग्रेस समिति (टीपीसीस) –का अध्यक्ष एन उत्तम कुमार रेड्डीले मृतकका परिवारलाई 10-10 लाख रुपियाँ छतिपूर्ति राशि दिने माग गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here