गान्तोक, 11 अक्टोबरः सिक्किम क्रान्तिकारी युवा मोर्चा र सिक्किम युथ ब्रदरवुड एसोसिएशनले संयुक्त रूपमा अप्पर तादोङ समष्टिमा निःशुल्क स्वास्थ्य जागरण कार्यक्रम आयोजन गर्यो।
कोभिड महामारीको समयमा सबै मानिस आफ्नो स्वास्थ्य जाँच गराउन अस्पताल जान नसकिरहेको अवस्थालाई ध्यानमा राखेर अस्पतालमा हुने विभिन्न सुविधाका साथ निःशुल्क स्वास्थ्य शिविर आयोजित गरिएको थियो।
शिविरको माध्यमबाट मानिसहरूलाई स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गर्नसितै निःशुल्क रूपमा मधुमेह जाँच, रक्तचापको जाँच, निःशुल्क औषधि तथा चश्मा पनि वितरण गरिएको छ।
यी दुवै सङ्गठनले स्वास्थ्य शिविर आयोजनमा सहयोगका लागि मुख्यमन्त्री पीएस गोलेप्रति आभार व्यक्त गरेका छन्। शिविरमा सेन्ट्रल रेफरल अस्पताल मणिपाल र एसटीएनएमका डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरू उपस्थित थिए।