रेलको धक्काले दुईवटा हात्तीको मृत्यु

0
1367

सिलगढ़ी, ११ दिसम्बरः बुधवार बिहानै यात्रीवाहक रेलको धक्काले दुईवटा हात्तीको मृत्यु भएको छ। यो घटना भारत-नेपाल सीमास्थित खोरीबारी खण्डअन्तर्गत बतासेनजिक भएको हो। मर्ने हात्तीको भुँड़ीमा बच्चासमेत रहेको तथा अर्को छावा रहेको बताइएको छ।

बतासे क्षेत्रमा रेलको धक्काले जङ्गली हात्ती मरेको यो पहिलो घटना हो। प्रायःजसो यो क्षेत्र भएर बाक्लो सङ्ख्यामा हात्तीहरू नेपाल पस्ने गर्छ। विशेषज्ञहरूका अनुसार एशियन हाइवे -२ मा चलिरहेको धेरै निर्माणकार्य तथा कतिपय मानिसहरूले पटेका पड़्काएर तथा आगो जलाएर धपाउने गरेको कारण हात्तीले अहिलेघरी नेपाल प्रवेशको रूट परिवर्तन गरेको छ।

आज बिहान करिब ५ बजे दूध गेटनजिक बतासेमा कटिहारगामी डीएमयू यात्रीवाहक रेलले धक्का दिँदा दुई हात्तीको मृत्यु भएको बताइएको छ। त्यसबेला हात्तीको एक झुण्डले बतासेनजिकबाट नेपाल प्रवेश गर्ने कोशिश गरिरहेको थियो। उल्लेखनीय छ २००४ देखि अहिलेसम्म उत्तर बङ्गालमा रेलको धक्का ७० वटा हात्तीको मृत्यु भइसकेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here