लद्दाखमा भुइँचालो, हिमाचल पनि हल्लियो

0
1526
साङ्केतिक तस्वीर।

नयाँ दिल्ली, 12 जनवरीः आइतवार लद्दाखमा भुइँचालोको तीव्र महसुस गरियो। भुइँचालोको तीव्रता 5.3 मापिएको छ। जानकारीका अनुसार ज्यानमालको कुनै क्षयक्षति भएको छैन।

यसभन्दा अघि शनिवार अबेर राति 2:20 बजे पनि 4.1 मापिएको थियो। अर्कोतिर हिमाचल प्रदेशमा पनि  3.4 तीव्रताको भुइँचालोको झट्का महसुस गरिएको थियो। मौसम विभागका अनुसार यो झट्का विहान 11:55 आएको थियो।

आज लद्दाख आएको भुइँचालोको केन्द्र भारत-चीन सीमा नजिक रहेको बताइएको छ। भुइँचालोको कारण पहाड़ी क्षेत्रमा ग्लेशियर झर्ने आशङ्का बढ़ेको छ।

कश्मीर आपदा प्रबन्धन सेलका प्रभारी आमिल अलीले बताएअनुसार भुइँचालोको केन्द्र लेहदेखि पूर्व 209 किलोमिटर टाढ़ा लद्दाख र चीनको झिनझियाङको सीमामा थियो।

उल्लेखनीय छ, पछिल्लो शुक्रवार अर्थात् 10 जनवरीको राति पनि लद्दाखमा भुइँचालोको झट्का महसुस गरिएको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here