बी. पी. बजगाइँ, स्वराज थापा, एलेम लामा र सावन राईसहित दर्जनौँ भाजपामा सामेल

0
1000

सिलगढ़ी, 12 जनवरीः विमलपन्थी गोजमुमोबाट गत वर्ष जून महिनामा राजीनामा दिएका बीपी बजगाइँसहित करिब 253 भारतीय जनता पार्टीमा सामेल भएका छन्।

सामेल हुनेहरूमा केही दिनअघि विनयपन्थी गोजमुमो त्यागेका एलेम लामा र सावन राई पनि छन्। त्यस्तै स्वराज थापाले पनि आज भाजपाको झण्डा समाए।

भारतीय गोर्खा परिसङ्घ (भागोप)-का आकाश लामा पनि आज भाजपामा सामेल भएका छन्।

भाजपामा सबैभन्दा बढ़ी विमलपन्थी मोर्चाका कार्यकर्ताहरू सामेल भएका छन्। विमलपन्थी मोर्चा त्यागेर भाजपामा सामेल हुनेहरूमा तराईका शङ्कर अधिकारी र उनका छोरा सिद्धान्त अधिकारी तथा कालेबुङका कुमार चामलिङ प्रमुख छन्। सिद्धान्त अधिकारी विमलपन्थी युमोका तराई संयोजक हुन्।

यसैगरी खरसाङका कङ्ग्रेसी नेता सरोज कुमार खत्रीलगायत निमेश सुन्दास, उमेश राई, किरण राई, राममणि जोशी, एस.बी. तामाङ, टिकाराम न्यौपाने, रञ्जन शर्मा, कृष्ण, कमल शर्मा, डीआर शर्मा, प्रमोद राई, सुजन राई र सुमन प्रधान अन्य छ।

यसैगरी कालेबुङ कलेजका प्राध्यापक सञ्जय बिष्ट पनि भाजपामा सामेल भएका छन्।

भाजपाको दावीका अनुसार आज कुल 253 जनाले भाजपाको झण्डा समाए। मिलनमोडमा आज सम्पन्न जनसभाबीच उनीहरू सबै भाजपामा सामेल भएका हुन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here