अनुसूचित जातिलाई जनजाति बनाउने माग र मुद्दा क्लोज च्याप्टर होः रिबेन घतानी

0
950

दार्जीलिङ, 12 जनवरीः दार्जीलिङ पहाड़का अनुसूचित जातिका युवाहरू अनुसूचित जनजाति बन्न चाहँदैनन्। उनीहरू अनुसूचित जाति हुन् अनि यसमा सन्तुष्ट रहन चाहन्छन्।

आज यसै विषयको सन्देश दिँदै गोर्खा अम्बेदकर युवा सेनाले दार्जीलिङ पहाड़का विभिन्न स्थानमा पोस्टरिङ गरेको छ।

विशेष गरी अनुसूचित जातिका केही व्यक्ति विशेष वा संस्थाले हालै अनुसूचित जातिलाई पनि जनजातिको मर्यादा दिनुपर्ने माग गर्दै विभिन्न निकाय वा जनप्रतिनिधिहरूलाई ज्ञापन दिएको थाह पाएपछि नै गोर्खा अम्बेदकर युवा सेनाले यसको विरोध गर्दै आज दार्जीलिङ पहाड़भरि पोस्टरिङ गरेको हो।

यसै विषय लिएर अम्बेदकर युवा सेनाका प्रमुख रिबेन घतानीले भने, “सन् 2007-मा पनि दार्जीलिङ गोर्खा पार्वत्य परिषद्का तत्कालीन प्रमुख सुवास घिसिङको कार्यकालमा सम्पूर्ण गोर्खा समुदायलाई जनजाति बनाउने पहल भएको थियो। त्यसै विषय लिएर अनुसूचित जातिका प्रितिनिधि कमान सिंह रामुदामु र एनबी कालिकोटेको अगुवाईमा अम्बेदकर युवा सेनाका कार्यकर्ताहरू दिल्ली गएर राष्ट्रिय अनुसूचित जाति र जनजाति आयोगका अध्यक्षद्वय क्रमैले सुरज भान अनि कुँवर सिंहसित भेट गरेका थिए। त्यस समय अनुसूचित जातिलाई जनजाति बनाउन के गर्नुपर्छ भन्नेबारे विस्तृत चर्चा गरिएको थियो। त्यसै समय थाह लागेअनुसार, अनुसूचित जातिलाई जनजाति बनाउँदा पहिले यस जातिलाई जेनरल वर्गमा ल्याउनुपर्छ। प्रथममा जेनरल बनाउँदा संसदका दुवै सदनमा विधेयक नै पारित गर्नुपर्ने पनि प्रावधान रहेको त्यस समयको चर्चाबाट स्पष्ट भएको थियो। विधेयक पारित भएर अनुसूचित जाति जेनरल भएपछि मात्रै यस जातिले जनजातिको लागि पहल शुरू गर्नुपर्ने हुन्छ। त्यसै त्यस समय दार्जीलिङबाट गएको प्रतिनिधि टोलीले अनुसूचित जातिमा नै बस्ने निर्णय लिएको थियो।’’ उनले थपे, “त्यसपछि अनुसूचित जातिलाई जनजाति बनाउने मुद्दा र माग लगभग ठप्प बनेको थियो। तर, अहिले फेरि अनुसूचित जातिका केही व्यक्तिले जनजातिको माग गर्न थालेको थाह पाएपछि नै यसको विरोधमा आज पोस्टरिङ गरिएको हो।’’

घतानीका अनुसार अनुसूचित जातिलाई जनजाति बनाउने माग र मुद्दा क्लोज च्याप्टर हो। यसलाई कसैले पनि फेरि नउठाएको उचित हुनेछ।

उनले थपे, “जसले अघिबाटै अनुसूचित जातिको सर्टिफिकेटको आधारमा सरकारबाट पाइने सहुलियतहरूको उपभोग गरे, त्यसैको कोटामा नोकरी पाए, घर-परिवार पाले अनि अहिले पनि त्यसैको आधारमा पेन्शन उपभोग गरिरहेका छन्। तर, अन्यका लागि अनुसूचित जनजातिको माग गर्नु कदापि उचित हुँदैन। यदि उनीहरूले अनुसूचित जनजातिको माग गर्छन् भने प्रथमतः उनीहरूले आफ्नो अनि परिवारका प्रत्येक सदस्यको एससी सर्टिफिकेट फिर्ता गर्नुपर्छ। हामीलाई अनुसूचित जातिमा नै बस्नुछ अनि जनजाति बन्नु छैन।’’

उनका अनुसार 3 वटा विषय अनिवार्यरूपले हुन आवश्यक छ, जसमा आफ्नै लिपि, भाषा अनि भेषभूषा।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here