चारवटा चियाकमानका श्रमिकहरूले कहिले पाउने रहल बोनस?

0
1254

दार्जीलिङ, 12 फरवरीः पछिल्लो वर्षको 8 नोभेम्बरका दिन कोलकातामा बसिएको त्रिपक्षीय वार्तामा दार्जीलिङ पहाड़का चियाकमानहरूमा रहल 8 प्रतिशतको बोनसबारे एक सम्झौता भएको थियो।

सम्झौताका अनुसार  22 दिसम्बरभित्र पहाड़का सबै चियाकमानमा बोनस बाँड़िसक्नु पर्ने थियो।

यद्यपि पहाड़का चारवटा चियाकमानका श्रमिकहरूले अझै रहल बोनस नपाएको जानकारी पाइएको छ। बोनस नपाउने ती चियाकमानहरूमा दार्जीलिङका सिङ्ताम र रङ्ग्ली-रङ्लियट चियाकमान तथा खरसाङको लङ्भ्यु चियाकमान हो।

अर्कोतिर, खरसाङकै रोहिणी चियाकमानका श्रमिकहरूले आजका दिनसम्म रहल 8 प्रतिशतको बोनस नपाएको विनयपन्थी गोजमुमोको श्रमिक दार्जीलिङ, तराई डुवर्स प्लाण्टेशन लेबर युनियनका खरसाङ महकुमा अध्यक्ष प्रणाम रसाइली जनसंवादलाई बताएका छन्।

उल्लेखनीय छ, सिङ्ताम, लङ्भ्यु र रङ्ली-रङ्लियट चियाकमानका श्रमिकहरूले रहल बोनस मात्र होइन तर पाक्षिक रूपमा दिइने वेतन पनि पाएका छैनन्, जसको कारण श्रमिकहरूले बिघ्नै समस्या भोगिरहेका छन्।

यी चियाकमानहरूमा वेतन र अन्य सहुलियतहरूलाई लिएर देखिएका समस्यालाई निराकरण गर्नका लागि श्रमिक सङ्गठनहरूले धेरैपटक पहल गरे तापनि समस्या जस्ताकै त्यस्तै देखिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here