टिस्टाले बगाएका दोर्जी शेर्पाको खोजीकार्य जारी

0
986
टिस्टाले बगाएका शेर्पालाई खोज्दै टिस्टा-रङ्गीत उद्धार केन्द्रको टोली।

कालेबुङ, 12 फरवरीः बुधवार दिनभरि टिस्टा-रङ्गीत उद्धार केन्द्रको टोलीले दोर्जी शेर्पाको खोजीकार्य गरे तापनि भेट्टाउन भने सकेन।

उल्लेखनीय छ, बङ्गाल रम्फूनिवासी दोर्जी शेर्पालाई हिजो साँझ करिब 6 बजे टिस्टाले बगाएको थियो।

जानकारीका अनुसार हिजो साँझ परिसकेको तथा टिस्टाको जलस्तर पनि बढ़ेको हिजो भनेजस्तो खोजीकार्य भएको थिएन।

यसैले आज बिहानैदेखि टिस्टा-रङ्गीत उद्धार केन्द्रको टोलीले शेर्पाको खोजीकार्य शुरु गरेको थियो। तर, यो समाचार तयार पारुञ्जेलसम्म शेर्पाको कुनै पत्तो लाग्नसकेको छैन।

जानकारीका अनुसार टिस्टापारि कोइरीमा काम गर्ने शेर्पा   टायरको ट्युबमार्फत् टिस्टा तर्ने गर्थे। हिजो पनि कोइरीको काम सकेर ट्युबमार्फत् नै टिस्टा तरिरहेका थिए।

तर, दुर्भाग्यवश टिस्टाको बीचमा पुगेर ट्युब पल्टेको कारण शेर्पालाई नदीले बगाएको बताइएको छ।

जानकारीका अनुसार दोर्जी शेर्पासँगै अन्य चारजना पनि ट्युबमा थिए, तर उनीहरू पौड़िन जान्ने भएकाले नदी पार गरी आफूलाई बचाउन सके। तर, शेर्पालाई भने टिस्टाको तीव्र वेगले बगायो।

यसैबीच, आज टिस्टा-रङ्गीत उद्धार केन्द्रको टोलीले आज रम्फू मझुवादेखि कीर्ने 7 माइलसम्म खोजी कार्य चलाएको थियो भने भोलि पनि खोजी कार्यलाई जारी राख्ने बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here