साहित्यकार समीरण छेत्री ‘प्रियदर्शी’-को निधन

0
1054

सिलगढ़ी, 12 फरवरीः वरिष्ठ साहित्यकार समीरण छेत्री प्रियदर्शी अब सशरीर हामीमाझ रहेनन्। उनको आज बिहान करिब 6 बजी सिलगढ़ीको कोलाबारीस्थित घरमा निधन भयो।

4 जून, 1935 मा दार्जीलिङको सिंहमारीमा जन्मेका साहित्यकार प्रियदर्शी 86 वर्ष पुगेका थिए। पारिवारिक सूत्रका अनुसार पछिल्लो 15 दिनदेखि उनी बिरामी थिए।

लामो समयसम्म पत्रकारितासमेत गरेका समीरण छेत्री प्रियदर्शी भारतेली नेपाली कथाका उल्लेखनीय र सम्मानित नाम हो। गैरी गाउँकी चमेली (कथा सङ्ग्रह)-का लागि उनले 2009-मा साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए।

उनका अन्य कृतिहरूमा फुटेको मुरली (कथा सङ्ग्रह, 1964), एक असफल चित्रकार (कथा सङ्ग्रह, 1965), बलिवेदी (उपन्यास, 1970), पोखिएको जिन्दगी (उपन्यास 1971), यमराजको दरवार (पूर्णाङ्की नाटक,1986), अर्को मान्छे (कथा सङ्ग्रह, 1987), नीलो झिँगा (कथासङ्ग्रह, 1993), सिक्किमको प्रजातान्त्रिक आन्दोलनको इतिहास (1996)निर्वाणको रात (कथा सङ्ग्रह 1996) प्रकाशित छन्।

यसैगरी साहित्य अकादमी पुरस्कारलगायत उनी रेडियो नाटक राष्ट्रिय पुरस्कार (1987), आशारानी चामलिङ निर्माण पुरस्कार (1998), गङ्गाप्रसाद प्रधान स्मृति पुरस्कार (2006), पूर्ण राई स्मृति पुरस्कार (2007), कञ्चनजङ्घा कलम पुरस्कार (2015)काशीराज प्रधान लाइफटाइम एचिभमेन्ट अवार्ड आदि पुरस्कार/सम्मानले सम्मानित भएका थिए।

उनको निधनसँगै नेपाली साहित्य र पत्रकारिता जगतले ठूलो क्षति व्योहोर्नुपरेको छ। उनको अन्तिम संस्कार भोलि बिहान 10 बजी हुने पारिवारिक सूत्रले जानकारी दिएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here