दार्जीलिङबाट तृणमूल उम्मेद्वार अमरसिंह राई : गोजमुमोले भन्यो -10 वर्षपछि भूमिपुत्र उम्मेद्वार पायौं

0
1452
अमरसिंह राई (फाइल फोटो)।

कोलकाता/दार्जीलिङ, 12 मार्च :  मङ्गलबार अपरान्ह तृणमूल कङ्ग्रेस सुप्रिमो ममता ब्यानर्जीले आगामी लोकसभा चुनाउका उम्मेद्वारहरूको घोषणा गरिन्। यसपटक दार्जीलिङ संसदीय क्षेत्रका लागि अमरसिंह राई तृणमूल कङ्ग्रेसका उम्मेद्वार हुनेछन्।

यसपटक विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा र तृणमूल कङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन्। अमरसिंह राई गोजमुमोका भूमिपुत्र हुन् भने तृणमूल कङ्ग्रेसको ब्यानरमा चुनाउ लड़्नेछन्।

हिजो मात्र हिल तृणमूल कङ्ग्रेस  नेता राजेन मुखियाले उम्मेद्वार जोसुकै भए तापनि तृणमूल कङ्ग्रेकै ब्यानरमा चुनाउ लड़्ने स्पष्ट पारेका थिए।

अमरसिंह राई वर्तमानमा दार्जीलिङका विधायक हुन्। उनले सन् 2017 –मा गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशन (जीटीए)-को बोर्ड अव् एड्मिनिस्टेटर (बीओए) गठन भएपछि यसको शिक्षा विभागको प्रभार पद पनि सम्हालिरहेका छन्।

यता, अमरसिंह राईलाई दार्जीलिङ संसदीय क्षेत्रका उम्मेद्वार घोषणा गरिएपछि विनयपन्थी गोजमुमोले खुशी व्यक्त गरेको छ। जनसंवादसँग कुराकानी गर्दै गोजमुमो प्रवक्ता सुरज शर्माले भने, ‘‘अमरसिंह राईलाई लोकसभा चुनाउका लागि उम्मेद्वार बनाइएकोमा हामी अत्यधिक खुशी छौं। 10 वर्षपछि हामीले आफ्नै ठाउँको भूमिपुत्र उम्मेद्वार पाएका छौं। उनी भूमिपुत्र उम्मेद्वार मात्र होइनन्, तर शिक्षित र इमानदार व्यक्ति पनि हुन्।’’

उल्लेखनीय छ, बङ्गालमा 42 वटा लोकसभा सीट छन्। यी सीटहरूका लागि उम्मेद्वारको घोषणा गर्न तृणमूल सुप्रिमोले आफ्नो निवासमा पार्टी शीर्षस्थ पदाधिकारीहरूलाई एक बैठक गरेकी थिइन्। यो बैठकमा घटक दलको रूपमा गोजमुमोबाट विनय तामाङ पनि उपस्थित थिए।

बैठकपछि ममताले आज अपरान्ह उम्मेद्वारको सूची घोषणा गरेकी हुन्। उनले यसपालिको लोकसभामा चुनाउमा पार्टीले 40.5 प्रतिशत नारीलाई उम्मेद्वार बनाइएकी बताएकी छन्। ममताले यसलाई गर्वको कुरा भनेकी छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here