सिलगढ़ी, १२ मार्चः तीन दिनअघि मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) त्यागेका शङ्कर घोष आज भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भएका छन्।
भाजपाका राष्ट्रिय महासचिव एवं बङ्गालका प्रभारी कैलाश विजयवर्गीयको हातबाट घोषले भाजपाको झण्डा ग्रहण गरेका हुन्।
यसअवसरमा दार्जीलिङका सांसद एवं भाजपाका राष्ट्रिय प्रवक्ता राजु बिष्टलगायत अन्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।
उल्लेखनीय छ, शङ्कर घोषणा माकपा छोड़ेपछि भाजपामा सामेल हुने सम्भावना चुलिएको थियो।
यसैबीच, हिजो बिष्ट घोषकी बिरामी आमाको स्वास्थ्य अवस्था बुझ्न नर्सिङ होम पनि गएका थिए।
यसैबीच, आज डुवर्सका विमल गुरुङपन्थी मोर्चाका शीर्ष नेतृत्व विशाल लामा, युवा नेताहरू क्रमैले नवीन छेत्री, देवकुमार राई र नीरज राई पनि भाजपामा सामेल भएका छन्।