कोलकाता, 12 मई : पश्चिम बङ्गालमा छैटौं चरणको मतदानअवधि पनि हिंसा भएको खबर प्रकाशमा आएको छ।
आइतबार मतदानपूर्व भाजपा कार्यकर्ताको शव बरामद भएको थियो भने त्यहीं मतदानअवधि घाटल सीटकी भाजपा उम्मेदवार भारती घोषमाथि हमला भएको छ। घोषमाथि हमला तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले हमला गरेको भाजपाले आरोप लगाएको छ। अर्कोतिर भाजपा प्रदेश अध्यक्ष दिलीप घोषमाथि पनि हमलाको कोशिश गरिएको समाचार प्रकाशमा आएको छ।
भारती घोषको गाड़ी तोड़फोड़ गरिएको छ। यसका साथै उनलाई कतिपय बूथमा जानबाट रोकिँदैछ। अर्कोतिर मतदान अघि शनिबार मध्यराति झारग्राममा भाजपा कार्यकर्ताको हत्या भएको छ भने थप दुईजना कार्यकर्तालाई गोली प्रहार गरिएको छ।
आज छैटौं चरणको मतदानअवधि बङ्गालका 8 सीटमा भोटिङ हुँदैछ। उल्लेखनीय छ, घाटलमा भाजपा उम्मेदवार भारती घोषविरुद्ध तृणमूल उम्मेदवार दीपक (देव) अधिकारी खड़ा छन्।