राज्य सरकारले बढ़ायो प्रतिशत, अब चियाकमानमा ५० प्रतिशत श्रमिक लगाउने अनुमति

0
1145

कोलकाता, १२ मईः चियाकमानमा ५० प्रतिशत श्रमिकसहित काम लगाउने अनुमति राज्य सरकारले दिएको छ। यसभन्दा अघि राज्य सरकारले २५ प्रतिशत श्रमिकसहित चियाकमानमा काम गर्ने अनुमति दिएको थियो। त्यसभन्दा पनि अघि यो प्रतिशत १५ थियो।

बङ्गाल सरकारले केन्द्रका निर्देशपछि अब छुटको प्रतिशत बढ़ाएर ५० बनाएको छ।

राज्य सचिवालय नवान्नले सोमबार यसबारे एक निर्देशिका जारी गरेको छ। यद्यपि निर्देशिकामा कामअवधि श्रमिकहरूलाई सामाजिक दूरी पालन गराउनका साथै मास्कको प्रयोग गर्नुपर्ने स्पष्ट बताइएको छ।

राज्य सरकारले २५ प्रतिशतबाट बढ़ाएर ५० प्रतिशत श्रमिकसहित चियाकमानमा काम लगाउने राज्य सरकारले हिजो अनुमति दिए तापनि यसभन्दा अघिदेखि करिब शतप्रतिशत श्रमिकसहित चियाकमानमा काम चलिरहेको सिटु नेता समन पाठकले बताएका छन्।

यसका साथै उनले कामअवधि सामाजिक दूरी, ह्याण्ड सेनिटाइजर, मास्क र पञ्जा प्रयोगको अनिवार्यतालाई पनि अहिले धेरै चियाकमानमा बेवास्ता गरिँदै आएको बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here