मिस एन्ड मिसेस ग्लोबल इन्डिया कन्टेस्टमा दार्जीलिङ र सिक्किमका चार प्रतियोगी चयनित

0
2750

सिलगढ़ी, 12 जून  : दार्जीलिङ पहाड़ र सिक्किमका चार प्रतियोगी मिस एन्ड मिसेस ग्लोबल इन्डिया सुन्दरी प्रतियोगिताका लागि छनोट भएका छन्। यो प्रतियोगिता आउँदो 29 जूनको दिन गुड़गाउँमा सम्पन्न हुनेछ।

चयनित यी चार प्रतियोगीले देशभरिबाट आएका 200 भन्दा अधिक प्रतियोगीअघि दार्जीलिङ र सिक्किमका परम्परा, संस्कृति र धरोहरलाई प्रदर्शन गर्नेछन्। दुई वर्गका शीर्ष 10 चयनित प्रतियोगी अन्तरराष्ट्रिय सुन्दरी प्रतियोगीका लागि चयन हुनेछन्। सुश्री वर्गका विजेता प्रतियोगी मिस टुरिज्म फिलिपिन्स र चाइना सम्पन्न हुने मिस ग्लोबलका लागि चयन हुनेछ। त्यस्तै श्रीमती वर्गका विजेता लसभेगासमा सम्पन्न हुने मिसेस अर्थका लागि चयन हुनेछ।

खरसाङकी निवृति प्रधान।

मोडल तथा यो प्रतियोगिताकी नेशनल स्टेट डाइरेक्टर जयन्ती लकान्द्री लोहागुणका अनुसार कृपा छेत्री (नाम्ची, सिक्किम), र निवृति प्रधान (खरसाङ) सुश्री वर्ग र कविता रसाइली (मिरिक) र मिनु गजमेर (खरसाङ) श्रीमती वर्गका लागि चयन भएका छन्। उनका अनुसार चयनित यी चार प्रतियोगीका लागि डाइट, फिजिकल फिटनेस,  योग, जीम, स्वीमिङ, जुम्बा डान्स आदिबारे प्रशिक्षण दिइनेछ। यसका साथै उनीहरूलाई ग्रुमिङ क्लास पनि गराइनेछ।

16 वर्षीय निवृति प्रधान एघारौं कक्षाकी विद्यार्थी हुन्। उनले यो प्रतियोगितामा दार्जीलिङ पहाड़को प्रतिनिधित्व गर्दैछिन्। राष्ट्रस्तरको यति ठूलो प्रतियोगितामा आफू पनि एक प्रतियोगी हुन पाएकोमा उनी धेरै उत्साहित बनेकी छन्। खरसाङकी निवृतिले भनिन्, ‘म केही उत्साहित छु। यो प्रतियोगितामार्फत् मैले मेरो ठाउँको नाम उच्च बनाउने मौका पनि पाएकी छु।  यो प्रतियोगिता जित्ने कुरामा म विश्वस्त छु।’

खरसाङकी मिनु गजमेर

त्यस्तै कृपा छेत्री नाम्ची उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थी हुन्। प्रतियोगितामा कृपाले सिक्किमका संस्कृति, परम्परा र धरोहरलाई अन्य प्रतियोगीहरूअघि देखाउनेछिन्। कृपा यो प्रतियोगिताको उपाधि जित्ने कुरामा आश्वस्त  छिन्। यसका लागि उनले तयारी पनि शुरु गरिसकेकी छिन्। राज्यका लागि उपाधि जित्न सकिने कुरा कृपा विश्वस्त देखिएकी छन्। अहिलेघरी उनी फेशन कन्टेस्टका भिडियो र  प्रोफेशनल मोडलहरूको अन्तर्वार्ता हेरेर केही सिक्नमा आफूलाई व्यस्त राखेकी छन्। त्यस्तै उनले खाना र शारीरिक व्यायाममा धेरै ध्यान दिइरहेकी छन्।

मिरिककी कविता रसाइली।

अर्कोतिर कविता रसाइलीले अघिबाटै मिसेस टुरिज्म कन्टेस्टको उपाधि जितिसकेकी छन्। असममा सम्पन्न उक्त प्रतियोगितामा उनले दार्जीलिङलाई प्रतिनिधित्व गरेकी थिइन्। उनी भन्छिन्, ‘आमा भएपछि हेल्थ र ‘फिगर मेन्टेन्ट’ गरिराख्न धेरै कार्य हो, तर म यो प्रतियोगिताको उपाधि जित्नका लागि धेरै मिहिनेत गरिरहेको छु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here