टाइपु नदीले पुल भत्काउँदा गाउँलेहरू बिचल्लीमा

0
1488
टाइपु नदीले भत्काएको पुल।

सिलगढ़ी, 12 जुलाई : लगातार परेको पानीको कारण उर्लेको टाइपु नदीले बाघडुग्रानजिक  गङ्गाराम चियाकमान र ताराबन्दा  गाउँलाई जोड़्ने पुल भत्काएको छ। जसको फलस्वरूप यी दुई गाउँको सम्पर्क विच्छिन्न बनेको छ।

जानकारीका अनुसार यी दुई ठाउँलाई जोड़्ने प्रधानमन्त्री ग्राम सड़क परियोजनाअन्तर्गत निर्माण गरिएको सड़कमा नै उक्त पुल पर्थ्यो।बनाइएको थियो। शुक्रवार बिहान पुललाई नदीले बगाएपछि करिब तीन हजार मानिस बिचल्ली बनेका छन्।

स्थानीय मानिसहरूका अनुसार  गङ्गाराम चियाकमानका दुईवटा खण्डलाई जोड़्नका लागि चियाश्रमिक र अन्य मानिसहरूका लागि करिब 20 वर्षअघि उक्त पुल बनाइएको थियो। बिहान पुलको माथिबाट पानी बगिरहेको थियो। मुसलधारे पानीसँगै नदीको जलस्तर बढ़ेपछि पुल पूर्ण रूपले क्षतिग्रस्त भयो।

अर्कोतिर बिहीवार  बेलुकी नै पुलको एक भाग क्षतिग्रस्त बनेको उनीहरूको भनाइ छ। यसैबीच स्थानीय मानिसहरूले विभागमाथि लापरवाही आरोप पनि लगाएका छन्। पीएमजीएसवाईमार्फत् सड़क बनिए तापनि अघिबाटै रहेको पुरानो पुललाई भने मरम्मतीसम्म विभागले नगरेको उनीहरूको आरोप छ।

पुल पूर्ण रूपले क्षतिग्रस्त भएपछि गङ्गाराम चियाकमान र यसका एकाध विभिन्न क्षेत्रका मानिस तथा विद्यार्थीहरू समस्यामा परेका छन्। यसैबीच चियाकमानका  प्रबन्धक सुरेश सिंहले घटनास्थलको भ्रमण गरे। उनका अनुसार उक्त पुल सिलगढ़ी महकुमा परिषद्को तर्फबाट निर्माण गरिएको पनि प्रबन्धक सिंहले बताए।

“चियाकमानको वित्तीय स्थिति राम्रो छैन। यसैले हामी पुनः पुल निर्माणका लागि सिलगढ़ी महकुमा परिषद्लाई अनुरोध गर्नेछौं। ताकि स्थानीय मानिसहरूको समस्या चाँड़ोभन्दा चाँड़ो समाधान हुनसकोस्”, उनले भने।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here