नयाँ अध्ययनको दाबी, ‘बिग ब्याङ्गभन्दा डार्क म्याटर पुरानो’

0
2546
डार्क म्याटर।

ब्रह्माण्डमा बिग ब्याङ्गभन्दा धेरै अघि नै डार्क म्याटर (अदृश्य पदार्थ) रहेको एक नयाँ अध्ययनमा वैज्ञानिकहरूले दाबी गरेका छन्। ब्रह्माण्डको कुल द्रव्यमानको 80 प्रतिशत भाग डार्क म्याटरले बनिएको मानिन्छ। फिजिकल रिभ्यु लेटर्स नामको पत्रिकामा प्रकाशित अध्ययनमा शोधकर्ताहरूले डार्क म्याटरको उत्पत्ति र यसको पहिचानसम्बन्धमा खगोलीय अनुमानहरूको आधारमा एक नयाँ विचार प्रस्तुत गरेका छन्।

टमी टेनक्याननका अनुसार उक्त नयाँ अध्ययनले कण भौतिकी (पार्टिकल फिजिक्स) र खोगल विज्ञानबीचको नयाँ सम्बन्धलाई पत्तो लगाएको छ। उनी अमेरिकीको जन हपकिन्स युनिभर्सिटीका पोस्ट डक्टोरल फेलो हुन्। उनका अनुसार डार्क म्याटर बिग ब्याङ्गभन्दा अघि नै रहेकोबारे पत्तो लगाउन सकिन्छ।

यद्यपि अहिलेसम्म डार्क म्याटरबारे उस्तो जानकारी प्राप्त भएको छैन, तर अन्तरिक्ष विज्ञानीहरूका अनुसार आकाशगङ्गा र आकाशगङ्गाको समूहको निर्माणमा डार्क म्याटरले एक महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यो अदृश्य छ। यसलाई सोझै पत्तो लगाउन सकिँदैन। यद्यपि यसको गुरुत्वीय प्रभावले अन्तरिक्षमा रहेका पदार्थ, ग्रह पिण्डआदि प्रभावित हुन्छन्।

डार्क म्याटर बिग ब्याङ्गकै बँचेको पदार्थ हो भन्ने शोधकर्ताहरूको अनुमान थियो। यसलाई पत्तो लगाउनका लागि उनीहरूले लामो समय खर्चेर अध्ययन गरे, तर सफल भने भएनन्। ‘यदि डार्क म्याटर वास्तवमै बिग ब्याङ्गको अवशेष थियो भने धेरै मामिलामा शोधकर्ताहरूले अघिबाटै विभिन्न कण भौतिकी प्रयोगमा डार्क म्याटरको प्रत्यक्ष सङ्केत पाउने थिए’, टेनक्याननले थपे, ‘तर यस्तो भएन। यसको अर्थ डार्क म्याटर बिग ब्याङ्गभन्दा पहिलाबाटै ब्रह्माण्ड छ।’

डार्क म्याटर एक अप्रमाणित पदार्थ हो। कुनै पनि पदार्थ उद्वारा उत्सर्जित विकिरणमार्फत् चिह्नित गर्नसकिन्छ, तर डार्क म्याटर उत्सर्जित विकिरणबाट चिह्नित गर्न सकिँदैन। डार्क म्याटरको अस्तित्वको अनुमान पदार्थहरूमाथि यसको गुरुत्वीय प्रभावबाट लगाइन्छ। डार्क म्याटर न्यूट्रालिनोस नामको कणबाट बनिएको हुनसक्ने वैज्ञानिकहरूको अनुमान छ।

ब्रह्माण्डको जन्म एक महाविस्फोट अर्थात् बिग ब्याङ्गको कारण भएको थियो। अरबौं वर्ष पूर्ण ब्रह्माण्ड एक परमाण्विक एकाइको रूपमा थियो। त्यस समय मानवीय समय र स्थानजस्ता कुनै अवधारणा अस्तित्वमा थिएन। बिग ब्याङ्ग सिद्धान्तका अनुसार करिब 13.7 अरब वर्ष पूर्व एक विस्फोटमा अत्यधिक ऊर्जा उत्सर्जन भयो। उक्त ऊर्जा यति धेरै थियो, जसको प्रभावकै कारण आज पनि ब्रह्माण्ड फैलिरहेको छ। आज हामीले ब्रह्माण्डमा जे पनि देख्नपाउँछौं/देखिरहेका छौं, त्यो बिग ब्याङ्गकै कारण हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here