क्रामाकपाले सोध्यो-सांसदको पुतलामा जुत्ताको माला लगाइदिएर कसलाई खुशी बनाएको?

0
987

दार्जिलिङ, १२ सेप्टेम्बरः कुर्सीमा बसाएको सांसद राजु बिष्टको पुतलामा जुत्ताको माला लगाइदिएर शहर परिक्रमा गर्ने अखिल भारतीय गोर्खा लीग भारती गुटको कार्यको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले निन्दा गरेको छ।

भारती गुट गोर्खा लीगको यस्ता कार्यलाई क्रामाकपाले ‘राजनीतिक रोटी सेक्ने कार्य’ र ‘घिनलाग्दो राजनीति’ बताएका छन्।

आज क्रामाकपा केन्द्रीय कार्यालयमा बसेको दार्जिलिङ आञ्चलिक समितिको बैठकमा भारती गुट गोर्खा लीगको कार्यको क्रामाकपाले निन्दा गरेको हो।

यति मात्र होइन वर्तमानमा सांसद राजु बिष्टले गोर्खाको पक्षमा धेरै कार्य गरिरहेको ठोकुवा गरेको छ।

“स्थायी राजनीतिक समाधानका लागि वार्ताको ढोका खोल्न बिष्टले मुख्य निर्वाह गरिरहेका छन्” क्रामाकपाले भनेको छ, “तर पहाडका कतिपय नेताले उनमाथि व्यक्तिगत आक्षेप लगाउँदै उनको कार्यलाई अघि बढ़ाउनदेखि रोक्ने प्रयास गरिरहेका छन्।”

अर्कोतिर बैठकमा दार्जिलिङ पहाडको वर्तमान राजनीतिक परिवेशमाथि पनि चर्चा परिचर्चा गरिएको बताइएको छ।

साथै आउँदो त्रिपक्षीय वार्तामा भाग लिन जाने दलहरूले बङ्गालदेखि छुट्टै व्यवस्था छुट्टै राज्य गोर्खाल्यान्ड निर्माणको पक्षमा मात्र कुरा गर्न पनि सुझाउ दिइएको छ।

आजको बैठकमा केन्द्रीय सदस्य नर्बु लामा, दार्जिलिङ आञ्चालिक सचिव उद्धव खनाल, सभापति कृष्णवीर राई, सहसचिव राजधन राईलगायत अन्य सदस्यहरू उपस्थित थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here