सुशीला कार्की बनिन् नेपालकी प्रधानमन्त्री

0
141

काठमाडौँ, १२ सेप्टेम्बरः पूर्व प्रधान न्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छन् ।

आज राति शीतल निवासमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई उनलाई पद अनि गोपनीयताको सपथ खुवाएका छन् ।

सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव लगायत नेपाल सरकारका शीर्ष अधिकारी तथा कूटनीतिज्ञहरू उपस्थित थिए ।

धेरै समयसम्मको खिचातानीपछि राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधान न्यायाधीश कार्कीलाई केही समयअघि मात्र अन्तरिम सरकारकी प्रधानमन्त्री नियुक्त गरेका थिए ।

उनी नेपालकी प्रधानमन्त्री बन्ने पहिलो महिला हुन् । प्रधानमन्त्री भएसँगै उनको काँधमा अबका ६ महिनाभित्र चुनाउ गराउनुपर्ने जिम्मेवारी आएको छ ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here