राष्ट्रिय राजमार्गस्थित कालीझोड़ा ड्याम नजिक टिस्टामा खसेको स्कर्पियो वाहन। |
सिलगढ़ी, १२ अक्टोबर : शुक्रवार बिहान प्रायः 6:30 बजी राष्ट्रिय राजमार्ग 10 मा वाहन दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य तीन गम्भीर रूपले घाइते भएका छन्। प्राप्त जानकारी अनुसार यो वाहन सिक्किमबाट सिलगढ़ीतिर गइरहेको थियो। कालीझोड़ा ड्याम नजिक अनियन्त्रित भइ टिस्टा नदीमा खस्दा यो दुर्घटना भएको हो। घटनास्थलमै वाहनका चालक मृत्यु भएको छ भने अन्य तीनजनालाई गम्भीर अवस्थामा सिलगढ़ीको एक अस्पतालमा भर्ती गरिएको छ। तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
सेभोक पुलिस आउट पोस्टका पुलिस अधिकारी सुकुमार रायका अनुसार गान्तोकबाट सिलगढ़ी आइरहेको एसके SK04 P1296 नम्बरको स्कर्पियो कालीझोड़ा ड्याम नजिक अनियन्त्रिय भइ टिस्टा नदीमा खस्यो। वाहनमा चारसहित कुल चारजना थिए।
250 देखि 300 फुट तल नदीमा वाहन खसेको कारण कोलकाता निवासी गिरीश अगरवालको मृत्यु भएको उनले बताएका छन्। सूचना पाएलगत्तै घटनास्थलमा पुगी तीन अन्य घाइतेलाई वाहनबाट निकालेर सिलगढ़ीको एक अस्पतालमा भर्ती गराइएको छ। तीनैजना अचेत अवस्थामा भएकोले यो समाचार लेखुञ्जेलसम्म उनीहरूको विस्तृत जानकारी प्राप्त हुनसकेको थियो।