विनय तामाङले भने – बोनसको दर घट्नुमा विमल-रोशन दायी

0
1477
गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ (फाइल फोटो)।

दार्जीलिङ10 अक्टोबर  : यसपटक पहाड़का चियाश्रमिकहरूले कम्ती दरको बोनस पाउनुमा विमल गुरुङ र रोशन गिरी दायी रहेको विनय तामाङले आरोप लगाएका छन्। बिहीवार रोशनले गिरीले बोनसमाथि एक प्रेस विज्ञप्ति जारी गरी दिएको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै विनय तामाङले यस्तो आरोप लगाएका हुन्।

गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) -का दोस्रो खेमाका अध्यक्षले गोजमुमो पहिलो खेमाका महासचिवको बयानमाथि प्रतिक्रिया व्यक्त गर्दै भनेका छन्, “श्रमिकहरूले पाउने 20 प्रतिशत बोनस घट्नुमा विमल गुरुङ र रोशन गिरी जिम्मेवार छन्। उनीहरूले गरेको दिशाहीन आन्दोलनको कारण भएको 104 दिने बन्दलाई देखाएर मालिकवर्गले  केवल 8.33 प्रतिशतको दरले बोनस दिने अड़ान राखेको थियो।” उनले आफूहरूको लगातार आन्दोलनको कारण मालिकवर्ग श्रमिकहरूलाई 15 प्रतिशतको दरले बोनस दिन राजी भएको पनि दाबी गरेका छन्।
विज्ञप्तिमा तामाङले उल्लेख गरेअनुसार अहिलेसम्म बोनसलाई लिएर कुनै आवाज नउठाउने तथा बोनस मिटिङमा एकैजना प्रतिनिधि नपठाउने विमल गुरुङ गुटले अहिले बोनसबारे बयान दिनु लज्जास्पद कुरा हो। उनले मालिकवर्गले पछिल्लो आन्दोलनअवधि 332 करोड़ नोक्सान भएको दाबी गरेको पनि विज्ञप्तिमा बताएका छन्। यो बन्दकै कारण दैनिक रोज र अन्य सहुलियतहरू गरी कुल 110 करोड़ श्रमिकहरूलाई घाटा भएको पनि विनयले विज्ञप्तिमा उल्लेख गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here