मुकुल रायले भने – तृणमूल कङ्ग्रेसको कुशासनलाई भाजपाले मात्र मास्न सक्छ

0
1266
भाजपा नेता मुकुल राय (फाइल फोटो)।

कोलकाता, 12 अक्टोबर :  भारतीय जनता पार्टीको चुनाउ कमिटीका संयोजक मुकुल रायले बङ्गालको शासक दल तृणमूल कङ्ग्रेसको कुशासनलाई भाजपाले मात्र मास्न सक्ने दाबी गरेका छन्। तृणमूलविरुद्ध उभिएका मानिसहरूका लागि राज्यमा भाजपा एक मात्र बलियो विकल्प रहेको उनको भनाइ छ।
कङ्ग्रेसका वरिष्ठ नेता अधीर रञ्जन चौधरी भाजपामा सामेल हुने सम्भावनाबीच सोधिएको प्रश्नको उत्तरमा मुकुलले यस्तो बयान दिएका हुन्। 
तृणमूल छोड़ेर भाजपा गएका यी नेताले भने, वर्तमान समयमा यदि कोही तृणमूल सरकारविरुद्ध लड़्न चाहन्छन् भने उनीहरू अघि भाजपालाई छोड़ेर अर्को दोस्रो बलियो विकल्प छैन। अधीर रञ्जन चौधरी लगातार ममता सरकारका जनविरोधी नीतिहरूविरुद्ध लड़ाइँ लड़िरहेका छन्। बङ्गालको यो जनविरोदी सरकारलाई सत्ताच्युत गर्न स्वयंले कस्तो भूमिका निर्वाह गर्न सक्छ, त्यो उनले नै तय गर्नुपर्नेछ।
आफ्नो बयानअवधि राज्यका यी हेभिवेट नेताले कङ्ग्रेसलाई अप्रत्यक्ष रूपले तृणमूल कङ्ग्रेसको बी टीम बताए।
उल्लेखनीय छ, अधीर चौधरीको नजिकका मानिने हुमायुँ कबीर अघिबाटै भाजपामा सामेल भइसकेका छन्। चौधरी पनि भाजपामा सामेल हुने अनुमान अहिले अत्यधिक चुलिएको छ। केही दिन अघि मात्र उनलाई प्रदेश कङ्ग्रेस अध्यक्षको पदबाट हटाएर उनको स्थानमा सोमेन मित्रालाई अध्यक्ष बनाइएको छ। 
अवस्था के छ भने प्रदेश कङ्ग्रेसको कार्यालयमा उनी बस्न लायकको ठाउँ पनि छैन। खबरअनुसार चौधरीले एउटा कार्यालय खोजिरहेका छन्। उनका नजिकका मानिसहरूको भनाइ छ, चौधरी अहिले पाँच राज्यको विधानसभा चुनाउमा भाजपाको परिणामको घोषणालाई पर्खेर बसेका छन्। त्यसपछि नै उनले कुनै निर्णय लिनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here