नरेन्द्र काम्बाङ
बोनसजस्तो सहज विषयलाई राजनीतिकरण गरी पहाड़ र पहाड़कै गरिमा र सम्मानमा ठूलो चोट पुऱ्याएको छ। २० प्रतिशतको बोनस पहाड़मा पाउदै आएको हो। र, पोहोर मात्र विनय तामाङ र अनित थापाको सस्तो राजनीतिको कारण २० प्रतिशतको बोनस पाएन। यसकारण यसपालि बोनसको मागमा निम्नस्तरको र सस्तो राजनीतिको नमुनास्वरूप देखापरेको छ।
सुनियोजित आन्दोलनको सङ्केत हामीले पूर्वमा नै भन्दै आएका हौं। जनताअघि उभिने आधारभूत मुद्दाको अभावको कारण यो नाटक रचिएकोमा कुनै दुईमत छैन।
भोलेण्टियर शिक्षक, अस्थायी कर्मचारी, आशा, आईसीडीएसकर्मी र केही ठेकादारलाई डर देखाउन र बाध्य बनाउन गरिएको भीड़को राजनीतिले कुनै सकारात्मक प्रतिफल नपाएकोले श्रमिकहरूको बोनस मुद्दालाई ढाल बनाएर जनताको बीचमा पस्ने असफल प्रयास गरेको हो। २० प्रतिशत बोनसजस्तो सजिलो विषयलाई यति नाटकीय र असम्भव रूपमा प्रसतुत गरियो कि श्रमिक सङ्गठनहरूसमेत भ्रमित भए।
जुन २० प्रतिशत बोनस विमल गुरुङको नेतृत्वमा दशैं अघि कुनै राजनीतिक स्टन्टबिनै श्रमिकहरूले पाउने गर्थे। त्यही कुरा यत्रो नाटक अनि श्रमिकहरूलाई आन्दोलनमा उतारेर राजनीतिक भूमिका रहेको व्यर्थैको कार्यक्रमले पाएको देखाउनुको कारण के हो? साँच्चै विनयपन्थीमा मुद्दाको अभाव भएकै हो कि ?
जीटीएमा क्षमता नभएको त्यो जनता जन्दछ। तर, विनय र अनितको बङ्गालसँगको सुनियोजित नाटकले श्रमिक र पहाड़ले साँच्चै दुःख चै पाए। विनय तामाङको अनशनले मालिकवर्ग झुक्यो भन्नु चाहिँ पूर्वाग्राही सोचलाई सन्त्वाना दिनु मात्र हो। पहिले नै मालिकवर्गदुई किश्तीमा १८.५० बोनस दिन तयार थियो।
किश्तीमा बोनस दिलाउनु र यस्तो प्रस्तावमा अनशन उठाउनु पनि नाटकको स्क्रिप्टअनुसारको विनय अभिनय हो। र, चिया श्रमिकहरूका अवस्था र भावनासँगको खेलाइँची मात्र हो।
12 प्रतिशत तिहारमा र रहल 8 प्रतिशत नोभेम्बरमा फेरि सभा बसेर पाइने रकमलाई के दशैंकै भत्ता भन्नु मिल्छ र? फेरि पनि जनभावनासँग धोका भएको छ कि भनेर बुझ्न बाँकी छ। यस्तो प्रभावहीन र सस्तो राजनीतिक कुटनैतिक क्रियाकलापको हामी निन्दा गर्छौं। अनि, जनतालाई होशियार रहने आग्रह पनि गर्छौं। भविष्यमा यस्ता नाटक धेरै देखिनेछौं भन्दै।
(लेखक विमल गुरुङपन्थी गोजमुमोका केन्द्रिय सदस्य हुन्।)
Sahi vishleshan