कोलकाता, 12 अक्टोबर: आगामी 2021 मा हुने विधानसभा चुनाउमा पूर्ण बहुमतसँग भारतीय जनता पार्टीले बङ्गालमा सरकार बनाउने ठोकुवा कैलाश विजयवर्गीयले गरेका छन्।
भाजपाका महासचिव विजयवर्गीयको दाबीका अनुसार बङ्गालमा पूर्ण बहुमतसँग सरकार बनाउने निश्चित छ। उनी भाजपाका बङ्गाल प्रभारी पनि हुन्। जमशेदपुरमा आयोजित एक कार्यक्रममा भाग लिन आएका उनी बङ्गालमा भाजपाले सरकार गठन गर्ने कुरामा विश्वस्त देखिए।
‘पश्चिम बङ्गालमा चार दिनभित्र 8 तथा लोकसभा चुनाउपछि 30 हत्या भइसकेका छन्। यो ममता सरकारको हताशाको परिणाम हो। भाजपा मात्र होइन, सम्पूर्ण देश नै मुर्शिदाबादमा भएको ट्रिपल मर्डरले मर्माहत छ। ममता सरकारको जनाधार घटिरहहेको कुरा यी घटनाहरूले स्पष्ट पार्छ’, विजयवर्गीयले थपे, ‘जति धेरै दमन हुन्छ, ममता सरकारविरुद्ध जनताको आक्रोश उति धेरै बढ़्नेछ। आगामी विस चुनाउमा पश्चिम भाजपाले पश्चिम बङ्गालमा बहुमतको सरकार बनाउनेछ। यो निश्चित छ।’
अर्कोतिर उनले एनआरसी बङ्गालमा मात्र तर देशका सबै राज्यमा लागू हुनुपर्ने कुरामा जोड़ दिए। यसका साथै बङ्गालमा ममता सरकारको दमनलाई भाजपाले प्रजातान्त्रिक तरिकाले विरोध गर्ने बताए।
एनआरसी सम्बन्धमा उनले भने, ‘पश्चिम बङ्गालबाट मात्र होइन, सतर सबै राज्यबाट अनुप्रवेशकारीहरूलाई बाहिर खेदिनेछ। अनुप्रवेशकारीहरू देशभित्र रहनु आन्तरिक सुरक्षाका लागि खतरा हो।’