उत्तर 24 परगानाबाट रोहिङ्ग्या मुसलमान पक्राउ, जाली पासपोर्ट, आधार र भोटर कार्ड जफत

0
1484
साङ्केतिक फोटो।

कोलकाता, 12 नोभेम्बर : अवैध रूपमा भारत पसेका रोहिङ्ग्या मुसलमानलाई इमिग्रेशन विभागका अधिकारीहरूले  उत्तर 24 परगाना जिल्लाको वनगाउँ पेट्रापोल सीमान्त क्षेत्रबाट पक्राउ गरी पुलिसलाई सुम्पेका छन्। पक्रा परेका रोहिङ्ग्या मुसलमानको नाम मोहम्मद इरशाद बताइएको छ।

पक्रा परेका इरशादबाट जाली पासपोर्ट, आधार कार्ड र भोटर कार्ड जफत गरिएको छ। जाली पासपोर्ट देखाएर बङ्ग्लादेश छिर्ने प्रयास गरिरहेको समय यी रोहिङ्ग्या मुसलमानलाई ती अधिकारीहरूले पक्रा गरेका हुन्। पक्रा परेका रोहिङ्ग्यालाई पेट्रापोल थाना पुलिसलाई सुम्पिएको छ।  
पुलिसका अनुसार पक्रा परेका इरशाद म्यान्मारको अराकन जिल्लास्थित शाहबाजार क्षेत्रका निवासी हुन्। बङ्ग्लादेशको कोक्स बजारमा रहेको रोहिङ्ग्या शिविरमा उनका आमा-बाबा बस्छन्।
परिवारलाई भेट्न जाली पासपोर्ट बोकेर अवैध रूपले पेट्रापोल सीमावर्ती क्षेत्रबाट बङ्ग्लादेश गइरहेको समय चेकिङअवधि इरशाद पक्रा परेका हुन्।
केरकार गरिँदा प्राप्त तथ्यहरूको आधारमा पुलिसले बताएअनुसार 2009 -मा इरशादले अवैध रूपले भारतीय सीमामा प्रवेश गरेका थिए।
त्यसपछि उनी हैदराबादमा बस्न शुरु गरे। त्यहाँ नै दलालहरूमार्फत् इरशादले नक्कली आधार कार्ड,  भोटरकार्डसहित पासपोर्ट बनाएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here