गोल गरेपछि खुशी मनाउँदै युभेण्टसका रोनाल्डो। |
मिलान, 12 नोभेम्बर : डिफेण्डिङ च्याम्पियन युभेण्टसले आफ्नो विजयाभियानलाई जारी राख्दै एसी मिलानलाई 2-0 को गोल अन्तरले पराजित गरेको छ। युभेण्टसको जीतमा क्रोएसियेली स्ट्राइकर मारियो माण्डुज्की (8औं मिनट) र गोल मशिन क्रिस्टियानो रोनाल्डोले (81औं मिनट) गोल गरे।
यो जीतसँगै 12 खेलमा युभेण्टसको 34 अङ्क भएको छ।
लीगको एकै खेल पनि युभेण्टसले हारेको छैन। 11 खेल जितेको डिफेण्डिङ च्याम्पियनले एक खेल बराबरी खेलेको । समान 12 खेल खेलेको खेलेको नेपोलीको 28 अङ्क छ।
मिलानको घरेलु मैदानमा आइतवार मध्यराति खेलिएको यो म्याचको 8 मिनटमै माण्डुज्कीले हेडरद्वारा गोल गरी आफ्नो टीमलाई 1-0 को अग्रता दिलाएका थिए। मिलानले खेलको 41औं मिनटमा यो गोल सुल्याउने राम्रो अवसर पाएको थियो, तर स्टार स्ट्राइकर गाउञ्जेलो हिग्वाइन पेनाल्टीमार्फत् गोल गर्न चुके।
पहिलो हाफ् 1-0 को अग्रता लिएको युभेण्ट्सका लागि खेलको 81औं मिनटमा रोनाल्डोले गोल गरी टीमको जीत सुनिश्चित गरे।
यो खेल युभेण्टस छोड़ेर यसै वर्ष मिलान गएका हिग्वाइनका लागि सबैभन्दा नराम्रो रह्यो। उनले पेनाल्टीमार्फत् पाएको गोल गर्ने सहज अवसर मात्र खेरो फ्याँकेनन्, तर खेलको 83औं मिनटमा युभेण्टसका खेलाड़ीलाई लड़ाउँदा पहेंलो कार्ड पाएका उनी रेफरीसँग तर्कातर्की बहस गर्दा रातो कार्ड पाएपछि मैदान छोड़्न बाध्य बनेका थिए।