भाजपा र तृणमूल सरकारविरुद्ध कङ्ग्रेसले कानून तोड़ो आन्दोलन गर्ने

0
1280
शनिबार पत्रकारहरूलाई सम्बोधन गर्दै शङ्कर मालाकार।

सिलगढ़ी, 13 जनवरी :  आगामी 17 जनवरीको दिन प्रदेश कङ्ग्रेसले राज्यभरि कानून तोड़ो आन्दोलन गर्दैछ। यसैले प्रदेश कङ्ग्रेसको आह्वानमा दार्जीलिङ जिल्ला कमिटीले पनि सिलगढ़ीमा यो कानून तोड़ो आन्दोलन गर्नेछ।

कङ्ग्रेस जिल्ला कङ्ग्रेस अध्यक्ष एवं मतिगढ़ा-नक्सलबारीका विधायक शङ्कर मालाकारले शनिवार यसबारे जानकारी गराए। उनका अनुसार केन्द्रको भाजपा र राज्यको तृणमूल कङ्ग्रेस सरकारका जनविरोधी नीतिहरूविरुद्ध कङ्ग्रेसले कानून तोड़ो आन्दोलन गर्ने निर्णय गरेको हो। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ”भाजपाको शासनकालमा आज देशका एकैजना नागरिक पनि खुशी छैनन्। भाजपाले रामको नाम प्रयोग गरी मानिसहरूमा साम्प्रदायिकताको बीउ रोप्ने काम गरिरहेको छ। तृणमूल कङ्ग्रेसको साढ़े सात वर्षको शासनसँग पनि बङ्गालका मानिसहरू परिचित छन्।”

अहिलेको स्थितिबाट देश र राज्यका मानिसहरूलाई बाहिर निकाल्ने एक मात्र पार्टी कङ्ग्रेस रहेको मालाकारले दाबी पनि गरे। यसअवधि उनले पार्टीको आगामी कार्यक्रम कानून तोड़ो अवधिबारे जानकारी गराए।

भाजपा र तृणमूल कङ्ग्रेसका विभिन्न जनविरोधी नीतिविरुद्ध प्रदेश कङ्ग्रेसले राज्यमा कानून तोड़ो आन्दोलन गर्ने निर्णय गरेको छ। आगामी 17 जनवरीको दिन सिलगढ़ीमा पनि यसलाई पालन गरिनेछ। सम्पूर्ण देशमा भाजपालाई कङ्ग्रेसले चुनौती दिन सक्छ।

कङ्ग्रेस विधायकले राज्यको तृणमूल कङ्ग्रेसमाथि कटाक्ष गर्दै ममता सरकारको कार्यप्रणालीको आयोचना गरे। साथै उनले राज्यवासीले वामपन्थी सरकार पनि हेरिसकेको बताए।

”साढ़े सात वर्षदेखि राज्यवासीले तृणमूल कङ्ग्रेसको शासन हेरिरहेका छन्। देश र राज्यका कुनै पनि नागरिक आज शान्तिसँग बस्न पाइरहेका छैन। मानिसहरूलाई प्रत्येक क्षेत्रमा सामाजिक, आर्थिक र राजनीतिक समस्याहरूमा फँसिरहेका छन्। पश्चिम बङ्गालका श्रमिकहरू आजको दिनसम्म पनि न्यूनतम मजदुरीबाट वञ्चित छन्। तृणमूल सरकारले केवल नीलो र सेतो रङ, खेल र मेलाको आयोजन गर्नमै साढ़े सात वर्ष खर्चेको छ”, उनले थपे।

उनका अनुसार सिलगढ़ीमा पालन गरिने कानून तोड़ो आन्दोलनमा प्रदेश अध्यक्ष सौमेन मित्र, अब्दुल मन्नान, दीपा दासमुन्सी, एआईसीसीका महासचिव गौरव गोगोई तथा अन्य उपस्थित हुनेछन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here