फन रन विद डीएचआरमा हजारौंको सहभागिता

0
1493
फन रन विद डीएचआरअन्तर्गत वाष्प इञ्जिनसँग दौड़िँदै विद्यार्थीहरू।

सिलगढ़ी, 13 जनवरी : आइतवार सिलगढ़ीदेखि सुकनासम्म आयोजित फन रन विद डीएचआरमा हजारौं मानिसले भाग लिए। भाग लिनेहरूमा विभिन्न शैक्षिक संस्थानका विद्यार्थीहरू, सङ्गठनका सदस्यहरू तथा व्यक्तिविशेष थिए।

यो दौड़ दार्जीलिङ मोडदेखि सुकना रेलवे स्टेशनसम्म 8 किलोमिटरको दुरीसम्म दार्जीलिङ रेहाबिलिटेशन सर्भिस को-अपरेटिभ  सोसाइटीले आयोजन गरेको थियो। यो फन रनमा भाग लिनेहरू दार्जीलिङ हिमालयन  रेलवेको विश्वप्रसिद्ध वाष्प इञ्जिनसँगसँगै दौड़ेका थिए।

दार्जीलिङ रेहाबिलिटेशन सर्भिस को-अपरेटिभ  सोसाइटीका अध्यक्ष अब्दुला अजीजका अनुसार दार्जीलिङ धरोहर र त्यहाँका पर्यावरण संरक्षणका लागि मानिसहरूलाई जागरुक बनाउनका लागि यो फन रन विद डीएचआर आयोजन गरिएको बताए।

उनका अनुसार यो दौड़मा 4,000 भन्दा अधिक मानिसले भाग लिएका थिए, जसमा विद्यार्थीहरूको सङ्ख्या धेरै थियो। हामी यो दौड़को सफलताले अत्यधिक उत्साहित छौं, उनले भने।उल्लेखनीय छ, पछिल्लो वर्ष यस्तै दौड़ दार्जीलिङमा आयोजन गरिएको थियो। घूमदेखि दार्जीलिङ रेलवे स्टेशनसम्म आयोजन गरिएको दौड़मा त्यसबेला पनि हजारौंको सङ्ख्यामा मानिसहरूले भाग लिएका थिए।

यसअवसरमा एक साङ्गीतिक कार्यक्रम पनि आयोजन गरिएको थियो। स्थानीय सुकना खेल मैदानमा सम्पन्न उक्त साङ्गीतिक कार्यक्रममा दार्जीलिङ, कालेबुङ, सिलगढ़ी र कोलकाताका कलाकारहरूले आ-आफ्नो प्रस्तुति दिएका थिए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here