कोलकाता/दिल्ली, 13 अप्रेल : केन्द्र र बङ्गाल सरकार पुनः एकपटक मुखामुखी भएको छ। योपटकको मामिला सीबीआईको कारबाही नभएर कोलकाता हवाईअड्डामा तृणमूल कङ्ग्रेसका नेताकी पत्नीको समान जाँचको मुद्दा हो।
खबरका अनुसार केही दिनअघि कोलकाता हवाईअड्डामा कस्टम अधिकारीहरूले तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीकी पत्नीको समान जाँच गरेका थिए। अभिषेक ब्यानर्जीकी पत्नीको समान जाँचको गरेको कुरालाई लिएर ती कस्टम अधिकारीहरूलाई बङ्गाल पुलिसले सताएको थियो।
साथै पुलिसले उनीहरूलाई धम्की पनि दिएको थियो। अभिषेक ब्यानर्जी तृणमूल सुप्रिमो ममता ब्यानर्जीका भदै हुन्।
जानकारीका अनुसार यो मामिलामा सर्वोच्च न्यायालयले बङ्गाल सरकारलाई नोटिस पनि जारी गरेको छ। मुख्य न्यायाधीश रञ्जन गोगोइको अध्यक्षतामा रहेको सर्वोच्चको बेञ्चले यो घटनालाई अत्यन्त गम्भीर ठहर गरेको छ।
सर्वोच्चले भन्यो – मामिला अत्यन्त गम्भीर
सर्वोच्चले भनेको छ, -कसैले हामीलाई यो घटनातिर ध्यानाकर्षण गरायो। यो अत्यन्त गम्भीर मामिला हो। हामीलाई थाह छैन, कसको दाबी सही छ।
यो बेञ्चमा न्यायाधीश सञ्जीव खन्ना पनि सामेल छन्। बेञ्चले वरिष्ठ अधिवक्ता ए.एम. सिङ्घवीको सुझाउलाई ध्यान दिएन। अधिवक्ता सिङ्घवीले यो मामिलालाई लिएर दर्ता याचिकामाथि नोटिस जारी गर्ने आवश्यकता नरहेको बताएका थिए, तर सर्वोच्चले बङ्गाल सरकारलाई नोटिस जारी गरेको छ।
कस्टम अधिकारी र बङ्गाल पुलिसबीच विवाद
पछिल्लो 29 मार्चको दिन केन्द्र सरकारले कोलकाताको सुभासचन्द्र बोस अन्तरराष्ट्रिय हवाईअड्डामा कस्टम अधिकारीहरूलाई स्थानीय पुलिसले सताएको तथा धम्काएको बताएको थियो।
केन्द्रले सर्वोच्चलाई बताएअनुसार कस्टम अधिकारीहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीका भदै एवं तृणमूल कङ्ग्रेसका सांसद अभिषेक ब्यानर्जीकी पत्नीको समान जाँच गरेका थिए।
केन्द्रले लगाएको आरोपका अनुसार पश्चिम बङ्गालमा पूर्ण रूपले अराजकताको स्थिति बनिएको छ।
समान जाँच गर्दा पुलिसले धम्काएको आरोप
सोलिसिटर जनरल तुषार मेहताले न्यायालयलाई बताएअनुसार 15-16 मार्चको राति लगभग 1:10 बजे दुई महिला एक अन्तरराष्ट्रिय विमानमार्फत् कोलकाता हवाईअड्डा आए। त्यसबेला कस्टम अधिकारीहरूले उनीहरूको समान जाँच गरे।
मेहताका अनुसार कस्टम अधिकारीहरूले जब ती दुई महिलाको समान जाँच गर्नका लागि माग्दा विरोध गरे। कस्टम अधिकारीहरूले उनीहरूद्वयलाई पासपोर्ट देखाउनका लागि आग्रह गर्दा उनीहरूले अधिकारीहरूसँग एअभद्र व्यवहार गरे।
यी दुई महिला हवाईअड्डाबाट निस्केर गएको केही समयपछि एक हुल बङ्गाल पुलिस आएर दुई महिलाको समान जाँच गरेको आरोपमा कस्टम अधिकारीहरूलाई पक्राउ गर्ने कोशिश गऱ्यो।
‘पश्चिम बङ्गालमा पूर्ण रूपले संस्थागत अराजकता व्याप्त भएको छ’, मेहताले सर्वोच्चमा भने।