गृहमन्त्रीलाई विमलको पत्र, लकडाउनभरि चियाकमान बन्द राख्नुपर्ने माग

0
965
विमल गुरुङ (फाइल फोटो)।

दार्जीलिङ,  13 अप्रेलः लकडाउन जारी रहेसम्म चियाकमानहरूलाई पनि बन्द राखिनुपर्ने माग गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) पहिलो खेमाका अध्यक्ष विमल गुरुङले गरेका छन्।

यसै मागमा गुरुङले केन्द्रिय गृहमन्त्री अमित शाह र वाणिज्य मन्त्री पीयूष गोयललाई पत्राचार गरेका छन्। साथै पत्रको प्रतिलिपि सांसद राजु बिष्टलाई पनि दिएका छन्।

देशव्यापी लकडाउन जारी रहेकै समयमा दार्जीलिङ पहाड़, तराई एवं डुवर्सका चियाकमानहरू खुल्ला राखिएकोले श्रमिकहरूका ज्यान जोखिममा परेको भन्दै आपत्ति समेत जताएका छन्।

“कोभिड-19 को सङ्क्रमणकालमा कालेबुङलगायत दार्जीलिङ र सिलगढ़ी एकदमै संवदेनशील क्षेत्र रहेको कारण यी क्षेत्रहरूमा चियाकमान खुल्ला राख्नु भनेको श्रमिकहरूका जीवन खतरामा पार्नु हो”, गुरुङले पत्रमा भनेका छन्।

अर्कोतिर यदि चियाकमानहरू खुल्लै राख्नपर्ने अवस्था रहेको सरकारद्वारा निर्देशित सामाजिक दूरी कठोरतापूर्वक पालन, श्रमिकहरूलाई पर्सनल प्रोक्टेशन किट्, एन-95 मास्क, ग्लोभ्स आदि प्रदान गरिनुपर्ने, श्रमिकहरूका लागि कम्तीमा 50 लाख रुपियाँको व्यक्तिगत बिमासँगै स्वास्थ्यकर्मी र पुलिसकर्मीहरू खटाइनुपर्नेलगायत प्रतिदिन सेनिटाइज गरिनुपर्ने माग पनि गुरुङले पत्रमा गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here